पानी माग्ने निहुँमा बालिका बलात्कृत
8 years अगाडी
Susma Dhakal
अछाम, ३० असार । साँफेबगर नगरपालिका–११ देवीस्थानका २१ वर्षीय रेवन्त दासले आठ वर्षीया बालिकालाई पानी माग्ने निहुँमा बलात्कार गरेका छन् ।बालिकाका आफन्त रोपाइँ गर्न गएको मौका छोपी दुई वर्षीया बहिनीकी गोठालो बसेकी सोही स्थानकी ती बालिकालाई असार २० गते दासले बलात्कार गरेको पीडित परिवारले जानकारी दिएको छ ।
बलात्कारको आरोप लागेका रेवन्तसहितको परिवार भागेर भारत गएको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकबहादुर रावतले ढिला गरी घटनाको उजुरी आउँदा पीडकलाई नियन्त्रणमा लिन अप्ठयारो भएको बताए ।पीडित पक्षले यही असार २८ गते मात्र प्रहरीमा जाहेरी गरेको बताइएको छ । बालिकाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
July 15, 2018 10:39 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
Loading...