म्याच प्रिभ्युः फ्रान्स भर्सेस क्रोएसिया, को बन्ला विश्वकप विजेता ?
काठमाडौँ, ३१ असार । को बन्ला यसपटकको विश्वकप विजेता ? यसको निर्णय आज राति ८ः४५ सुरु हुने क्रोएसिया र फ्रान्सविचको खेलले गर्नेछ ।जारी विश्वकपमा दुवै देश अपराजित रहेका छन् । फ्रान्सले हालसम्म पेनाल्टी सुटआउटसम्म पुग्न परेको छैन भने क्रोएसियाले डेनमार्क र रसियालाई पेनाल्टी सुटआउटमा पाखा लगाएको थियो ।त्यस्तै इंग्ल्याण्डलाई अतिरिक्त समयमा पाखा लगाएको क्रोएसियाले फाइनलमा भने फ्रान्सविरुद्ध कठिन यात्रा तय गर्ने फुटबल विश्लेषकहरु बताउँछन् ।
पछिल्ला केही खेललाई हेर्न हो भने गोल अग्रतापछि भने डिफेन्स बलियो पारेर तीब्र गतिको काउन्टर आक्रमणलाई फ्रान्सले अपनाउँदै आएको छ ।सशक्त काउन्टर एट्याकका लागि डिफेन्सिभ मिडफील्डर पउल पोग्बा र एन्गोलो कान्तेले फ्रेन्च अग्रपंक्तीलाई लामो पास उपलब्ध गराउनुका साथै ओभरल्यापमा पनि जाने सम्भावना अधिक छ ।फ्रान्सका खेलाडीहरु उच्च लयमा रहेका छन् भने उनीहरुको काउन्टर अट्याक निकै बलियो रहेको छ । तर, डिफेन्स लाइन मजबुत रहेको क्रोएसियाले फ्रान्सका स्टाइकरहरुलाई कसरी रोक्ने हो त्यो ठुलो चुनौतीको विषय रहेको छ ।
सन् १९९८ मा विश्वकप जितेको फ्रान्स पुन एकपटक विश्वकप विजेता बन्ने होडमा रहेको छ भने क्रोएसिया विश्वकप जित्दै नयाँ इतिहास रच्ने दाउमा रहेको छ ।फ्रान्समाथि आक्रमण गर्न क्रोएसियाको मेरुदण्ड मानिएका लुका मोड्रिचसहित एट्याकिंग मिडफील्डरहरु आन्टे रेबिच, इभान राकिटिच, इभान पेरिसिचले स्ट्राईकर मारियो मान्डुजुकीचलाई बल उपलब्ध हरसम्भव प्रयास गर्नेछ ।रसियामा जारी २१ औ संस्करणको विश्वकपको फाइनल खेलको तयारीमा क्रोयसिया र फ्रान्स व्यस्त रहेका छन् ।एकपटकको विश्वकप विजेता फ्रान्स र पहिलो पटक विश्वकप जित्ने दाउमा रहेका यी देशहरुबीच रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा लिइएको छ ।
फ्रान्सले यस विश्वकपमा कठिन यात्रा तय गरेको र विश्वकप जित्न कुनै कसर बाँकी नराख्ने फुटबल विश्लेषकहरु बताउँछन् ।त्यस्तै इंग्ल्याण्डलाई अन्तिम मिनेटमा पराजित गर्दै पाखा लगाएको क्रोयसिया पनि उच्च फर्ममा रहेको छ ।दुई खेलमा पेनाल्टी सुटआउटमा जित हात पारेको क्रोयसिया हालसम्म भाग्यमानी टोलीका रुपमा परिचीत रहेको छ ।फ्रान्स र क्रोयसियाको हालसम्म पाँचपटक आमनेसमाने भएको छ । तीन खेलमा फ्रान्सले जित हात पारेको छ भने दुई खेल बराबरीमा सकिएको छ । सन् १९९८, १९९९ र २००० मा फ्रान्सले क्रोयसियामाथि सानदार जित हात पारेको थियो । त्यस्तै सन् २००४ र २०११ मा भने बराबरी खेल खेलेको थियो ।
यीमध्ये दुई खेल मेजर टोर्नामेन्टका थिए । जसमा सन् १९९८ मा भएको विश्वकपमा फ्रान्सले क्रोयसियालाई २-१ गोलले पराजित गरेको थियो । सन् २००४ को युरो कपमा यी दुई देशले २-२ गोलको बराबरी खेल खेलेका थिए ।अन्तिम तीन विश्वकप थप समयमा गएका थिए । सन् १९९४ र २००६ को विश्वकप भने पेनाल्टी सुटआउटमा निर्णय भएका थिए ।फ्रान्सले सन् १९९८ को विश्वकपमा सहज जित हात पारेको थियो भने सन् २००६ को विश्वकपमा पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।क्रोयसियाले पहिलो पटक विश्वकपको फाइनलको यात्रा तय गरेको हो । विश्वकपको फाइनलमा पुग्ने क्रोयसिया युरोपको दशौ देश हो ।
July 15, 2018 10:51 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता