Thursday 2nd April 2026

भारतीय नायिका पुनम पाण्डे भन्छिन् – ‘भगवान् बुद्ध नेपालमै जन्मका हुन्’

8 years अगाडी

काठमाडौँ । नेपाल भ्रमणमा रहेका एक भारतीय सिने कलाकारले भगवान् बुद्ध नेपालमा जन्म भएको बताएका छन्।रुसमा जारी विश्व कप फुटबलको अवसरमा आफना नेपाली प्रशंसकसँग बसेर विश्वकप फुटबलको अन्तिम खेल हेर्न नेपाल आएकी बलिउड नायिका पुनम पाण्डेले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त विचार व्यक्त गरेका हुन्।कलाकार पाण्डेले आफू नेपालमा पहिलोपटक आएको र असाध्यै सुन्दर देशको रुपमा नेपाललाई पाएको बताउँदै भनिन्, “मेरो आमाको मुखबाट नेपालको बारेमा धेरै कुरा सुनेकी थिएँ, ‘गौतम बुद्ध नेपालमा जन्मिएका हुन्’ भनेर भन्नुभएको थियो ।”

आमाको भनाइ स्मरण गर्दै उनले थपिन्, “म पनि नेपाल आउनका लागि आतुर थिएँ, सौभाग्यवस विश्वकप फुटबलको अवसरमा आउन पाइयो, म बहुत खुशी छु ।” डेजाभु क्लब दरबारमार्ग काठमाडौँमा भारतीय नायिका पुनम पाण्डेले आफना प्रशंसक माझ भेटघाट गर्ने तथा विश्वकप फुटबलको फाइनले हेर्ने छन्। उनले यसपटकको विश्वकप क्रोयसियाले जितोस् भन्ने आफ्नो चाहना रहेको बताईन्। डेजाभु क्लबका सञ्चालक केपी गैरेले कलाकार पुनम पाण्डेले नेपाली समर्थकहरुबीचमा रहेर रसियामा जारी विश्वकप फुटबलको अन्तिम खेल हेर्ने चाहना राखेको बताएका छन्।

          July 15, 2018 11:29 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...