कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
8 years अगाडी
Susma Dhakal
उर्लाबारी, मोर। मोरङको उर्लाबारी–८ स्थित उर्लाबारी–बरडंगा सडकखण्डमा गए राति कारको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा८च ३०९७ नंको कारले विपरीत दिशाबाट आउँदै गरेको ज९प ७८१८ नंको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँका २५ वर्षीय रवि रायलाई उपचारका लागि झापास्थित बी एण्ड सी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
उक्त दुर्घटनामा मोटरसाइकल पछाडि सवार सोही ठाउँका २४ वर्षीय कृष्ण घिमिरे पनि गम्भीर घाइते भएको र उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ।ठक्कर दिने कार र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए।
July 15, 2018 12:07 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
Loading...