Thursday 2nd April 2026

३५ वर्षीया युवतीलार्इ बलात्कारपछि यज्ञकुण्डमा ज्युँदै जलाईयो !

8 years अगाडी

भारतकाे उत्तर प्रदेशमा हिर्दय नै स्तब्ध बनाउनेगरी एक घटना भएकाे छ । उत्तर प्रदेशकाे सम्भल जिल्लामा भएकाे यस सामूहिक बलात्कारपछिकाे अग्नि दहनले भारतभरि सनसनी मच्चाएकाे छ ।एक ३५ वर्षीया युवतीलार्इ ५ जनाकाे गिरोहले सामूहिक बलात्कार गरेर नजिकैकाे मन्दिरमा रहेकाे हवन गर्न बनाइएकाे यज्ञकुण्डमा लगेर ज्युँदै जलाएर निर्ममतापूर्वक हत्या गरिएकाे छ ।

 

बलात्कारपछि ती महिलालार्इ कुनै मट्टितेल हालेर जलाइएकाे हाेइन, मन्दिरमा रहेकाे यज्ञशाला कुण्डमा फालेर जलाइएकाे हाे । उत्तरप्रदेश प्रहरीले जनाएअनुसार, दुई सन्तानकी आमा रहेकी ३५ वर्षकी ती महिलालाई ५ जनाले सामुहिक बलात्कार बलात्कारपछि यज्ञशालामा ज्युँदै जलाएर हत्या गरेका हुन् ।बलात्कारपछि यज्ञकुण्डमा ज्युँदै जलाएकाे याे पहिलाे घटना हाे । घटनाले स्थानीय जनतामा अाक्राेश र पीडा एकैसाथ बढाएकाे छ । यद्यपि घटनाबारे १०० नं मा डायल गरेर प्रहरीलार्इ जानकारी दिन खाेजिएफ पनि फाेन नउठाएकाे मृतक महिलाका श्रीमानले जनाएका छन् । यस घटनामा हालसम्म कसैलार्इ पक्राउ समेत नगरिएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

शनिबार राति करिव साढे २ बजेतिर बलात्कारी गिराेह उनको घरमै पुगेको मृतकका श्रीमानले प्रहरीमा दिएको जाहेरीमा बताएका छन् । जाहेरीमा भनिए अनुसार बलात्कारपछि गिराेह बाहिरियाे, तब पीडित महिलाले प्रहरीलाई फोन गरिन् तर कुनै जवाफ अाएन ।बलात्कार गरेर बाहिरिएकाे त्याे गिराेह केहीबेरमै फेरि भित्र अाएर महिलालाई अपहरणकाे शैलीमा घरबाहिर निकालेर लगेकाे र यज्ञशालामा ज्युँदै जलाएर हत्या गरिएकाे बताइएकाे छ । यसले घटनालार्इ रहस्यमय बनाएकाे छ यद्यपि प्रहरीले अनुसन्धान जारी रहेकाले घटनाकाे सत्य तथ्य चाँडै बाहिर अाउने बताएकाे छ । मृतकका श्रीमान गाँजियावादमा काम गर्न जाने उनी भने आफ्ना दुई सन्तानकाे रेखदेख गर्दै घरैमा बस्ने गरेकाे खुल्न अाएकाे छ ।

          July 15, 2018 1:09 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...