Thursday 2nd April 2026

शुरु भयो चाडपर्व, आज साउने संक्रान्ति

8 years अगाडी

काठमाडाैं, १ साउन । आज साउन १ गते, आज कर्कट संक्रान्ति अर्थात् साउने संक्रान्ति पर्वको रुपमा मनाइदैछ । सुर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने साउन १ गतेलाई साउने संक्रान्तिका रुपमा मनाइन्छ ।

माघ १ गते अर्थात् मकर संक्रान्तिका दिन उत्तरतर्फको यात्रा गर्ने सूर्यले आजैदेखि दक्षिणको यात्रा गर्ने भएकाले दक्षिणायन पनि कर्कट संक्रान्तिकै दिनदेखि सुरु हुने मान्यता छ ।

आज बेलुका बलेको अगुल्टो फालेपछि बर्खाभर खेतबारीको काम गर्दा लागेको छालाको रोग, खटिरा, लुतो आदि निको हुने विश्वास पनि गरिन्छ । साउने संक्रान्तिपछि नेपालमा चाडपर्व शुरु हुने गर्छ ।

          July 17, 2018 11:53 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...