३५ वर्ष पुगिन् कटरिना, भन्छिन्- प्रेमी होइन, आफैंबारे सोचिरहेकी छु
मुम्बई, १ साउन । ‘प्रेमसँग कसैको केही लाग्दैन जब हुनुछ भइहाल्छ । अहिले म आफ्नै बारे सोचिरहेकी छु । म आफैंसँग बढीभन्दा बढी समय बिताउन चाहन्छु ।’यो भनाई हो आजबाट ३५ वर्ष पुगेकी बलिउड स्टार कटरिना कैफको । जुलाई १६ अर्थात् आजबाट ३५ वर्षकी भइन् । डिएनएलाई दिएको अन्तर्वार्तामा उनी भन्छिन्, ‘पछिल्लो दुई वर्षदेखि म आफ्नैबारे सोचिरहेकी छु । जब तपाईं एक्लै हुनुहुन्छ, तपाईंसँगै आफैंलाई दिने समय हुन्छ र नयाँ कुराबारे सोच्ने अवसर मिल्छ । कामको कुरा गर्दा राम्रो रह्यो समय । म सन्तुष्ट छु । पछिल्लो केही समय आफ्नो कामबारे धेरै सोचिरहेकी छु ।’
पत्रकारको एक प्रश्नमा उनले भनिन्, ‘तपाईंलाई विगत बिर्सन र माफ गर्न आउनुपर्छ । यदि तपाईं आफ्नो मनमा कसैप्रति तिक्तता राख्नुहुन्छ भने तपाईं भित्रभित्रै खिइँदै जानुहुन्छ । यसले आफैंलाई नोक्सान पुग्छ ।’कटरिनाले भनिन्, ‘कयौं मानिसहरु यस्तै हुन्छन्, जसलाई लाग्छ कि जे मैले गर्छु त्यही सत्य हो । यस्तो बानी पनि हानिकारक हुनसक्छ, तर म यही सोच्छु ।’
कटरिनाको २०१६ मा रणविर कपुरसँग ब्रेकअप भएको थियो । उनीहरु त्यसअघि ६ वर्षदेखि सम्बन्धमा थिए भने करिब ६ महिना त लिभ इन रिलेसनमा बसेका थिए । त्यसका लागि रणविरले प्रतिमहिना १६ लाख पर्ने फ्लाट मुम्बईमा लिएका थिए । ब्रेकअपपछि कटरिनाले उक्त फ्लाट छाडेर मुम्बईमा नयाँ भाडाको घरमा एक्लै बस्न थालिन् । सम्बन्ध टुटेपछि दुवैले सार्वजनिकरुपमा यसबारे केही भनेका छैनन् । ब्रेकअपपछि दुवैजना २०१७ मा ‘जग्गा जासुस’मा सँगै देखिएका थिए तर उक्त फिल्म बक्स अफिमास फ्लप भयो ।पछिल्ला दिनहरुमा रणवीरको नाम आलिया भट्टसँग जोडिएर आउन थालेको छ । आलियाले इन्ट्राग्राममार्फत कटरिनालाई जन्मदिनको शुभकामना दिएकी छिन् ।
July 17, 2018 12:14 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी