३५ वर्ष पुगिन् कटरिना, भन्छिन्- प्रेमी होइन, आफैंबारे सोचिरहेकी छु
मुम्बई, १ साउन । ‘प्रेमसँग कसैको केही लाग्दैन जब हुनुछ भइहाल्छ । अहिले म आफ्नै बारे सोचिरहेकी छु । म आफैंसँग बढीभन्दा बढी समय बिताउन चाहन्छु ।’यो भनाई हो आजबाट ३५ वर्ष पुगेकी बलिउड स्टार कटरिना कैफको । जुलाई १६ अर्थात् आजबाट ३५ वर्षकी भइन् । डिएनएलाई दिएको अन्तर्वार्तामा उनी भन्छिन्, ‘पछिल्लो दुई वर्षदेखि म आफ्नैबारे सोचिरहेकी छु । जब तपाईं एक्लै हुनुहुन्छ, तपाईंसँगै आफैंलाई दिने समय हुन्छ र नयाँ कुराबारे सोच्ने अवसर मिल्छ । कामको कुरा गर्दा राम्रो रह्यो समय । म सन्तुष्ट छु । पछिल्लो केही समय आफ्नो कामबारे धेरै सोचिरहेकी छु ।’
पत्रकारको एक प्रश्नमा उनले भनिन्, ‘तपाईंलाई विगत बिर्सन र माफ गर्न आउनुपर्छ । यदि तपाईं आफ्नो मनमा कसैप्रति तिक्तता राख्नुहुन्छ भने तपाईं भित्रभित्रै खिइँदै जानुहुन्छ । यसले आफैंलाई नोक्सान पुग्छ ।’कटरिनाले भनिन्, ‘कयौं मानिसहरु यस्तै हुन्छन्, जसलाई लाग्छ कि जे मैले गर्छु त्यही सत्य हो । यस्तो बानी पनि हानिकारक हुनसक्छ, तर म यही सोच्छु ।’
कटरिनाको २०१६ मा रणविर कपुरसँग ब्रेकअप भएको थियो । उनीहरु त्यसअघि ६ वर्षदेखि सम्बन्धमा थिए भने करिब ६ महिना त लिभ इन रिलेसनमा बसेका थिए । त्यसका लागि रणविरले प्रतिमहिना १६ लाख पर्ने फ्लाट मुम्बईमा लिएका थिए । ब्रेकअपपछि कटरिनाले उक्त फ्लाट छाडेर मुम्बईमा नयाँ भाडाको घरमा एक्लै बस्न थालिन् । सम्बन्ध टुटेपछि दुवैले सार्वजनिकरुपमा यसबारे केही भनेका छैनन् । ब्रेकअपपछि दुवैजना २०१७ मा ‘जग्गा जासुस’मा सँगै देखिएका थिए तर उक्त फिल्म बक्स अफिमास फ्लप भयो ।पछिल्ला दिनहरुमा रणवीरको नाम आलिया भट्टसँग जोडिएर आउन थालेको छ । आलियाले इन्ट्राग्राममार्फत कटरिनालाई जन्मदिनको शुभकामना दिएकी छिन् ।
July 17, 2018 12:14 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :