पुरा पढ्नुहोस,यस्ता संकेतहरु देखा पर्छन जीवनमा ठूला घटना घट्नु अघि
भविष्यमा हुने घटनामा वर्तमान क्रियाकलाप र घटनाले समेत प्रभाव पार्ने ज्योतिष शास्त्रले बताउँछ । कतिपय भविष्यमा हुने घटनाका लक्षणहरु अगाडी नै देखिने समेत ज्योतिष शास्त्रको दावी छ । भविष्यमा ठूला घटना हुँदा देखिने संकेत यस्ता छन् । १ दुध विहानकै दुध देख्नु शुभ मानिन्छ । दुध उम्लेर भने झनै राम्रो मानिन्छ । तर दुध उम्लेर पोखिनु चाँहि नराम्रो मानिन्छ । विहानै दुध उम्लेर पोखिएको देखियो भने दुर्घटना हुन सक्ने संकेत मानिने ज्योतिष शास्त्रीको भनाइ छ । दुधलाई भाँडोमा राखेर हल्लाउनु पनि अशुभ मानिन्छ यसले घरमा झगडा हुन सक्छ ।
कालो पोषाक कुनै पनि ब्यक्ति कालो पोषाक लगाएर घरबाट बाहिर हिँडेको देख्नु भो भने यो अशुभ मानिन्छ । यसले दुर्घटना वा अप्रिय घटनाको संकेत गर्छ । यदि कतै टाढा जान लाग्नु भएको छ र कालो पोषाक लगाएर घरबाट बाहिर हिँडेको देख्नु भो भने यात्रा स्थगित गर्नुस् ।चाँवी चाँवीलाई सम्पूर्णताको प्रतिक मानिन्छ । यदी तपाइँको चावी सफा गर्दा पनि पटक पटक फोहोर नै भएको पाउनु हुन्छ भने यो शुभ मानिन्छ । चावीलाई बच्चाको शिरानीको तल राख्दा शुभ हुने मानिन्छ ।
ऐना घरमा ऐनाको ठूलो महत्व छ । ऐना हातबाट खसेर फुट्यो भने अशुभ मानिन्छ । फुटेको ऐनामा अनुहार हेर्नु अझै नराम्रो मानिन्छ । खासमा ऐना फुट्नु अशुभ घटनाको संकेत हो ।चक्कु यदि तपाइँको हातबाट चक्कु खस्यो भने बुझ्नुस् केही अशुभ घटना हुँदैछ । तर नवजात शिशुको शिरानी नजिकै चक्कु राख्नु भने शुभ मानिन्छ । यस्तो गर्दा बच्चा निद्रामा रुँदैनन् भन्ने ज्योतिष शास्त्रीको दावी छ । कुचो घरमा कुचोलाई लक्ष्मी मानिन्छ । किन भने यसले दरिद्रतालाई घरबाट बाहिर निकाल्छ भन्ने विश्वास छ । नयाँ घरमा प्रवेश गर्नु अघी पनि कुचो लगाउनु शुभ मानिन्छ । तर सूर्यास्तपछि कुचो लगाउनु भनेको अशुभ हो । यसले नराम्रो घटना हुन सक्ने विश्वास छ ।
July 17, 2018 1:24 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :