दुई महिनासम्म बालिकालाई बन्धक बनाई सामुहिक बलात्कार गर्ने तीन पक्राउ
रौतहट, साउन । रौतहटकी एक बालिकालाई दुई महिनासम्म बन्धन बनाएर सामूहिक बलात्कार गर्ने तीन जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।घरमै सुतिरहेकी १३ वर्षीया बालिकालाई गत वैशाख २४ मध्येरातमा अपहरण गरी सर्लाही, पर्सा र भारतको मैनाटार भन्ने ठाउँमा पुर्यार्इ दुई महिनासम्म बन्धन बनाएर सामूहिक बलात्कार गरेका थिए ।
छोरी हराएपछि परिवारले प्रहरीमा उजुरी दिएका थिए । पीडितको किटानी जाहेरीका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा गुजरा नगरपालिका जंगलसहियाका ३६ वर्षका बालिष्टर चौधरी, २४ वर्षका धर्मेन्द्रकुमार चौधरी र १९ वर्षका जियालाल महतो रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय गरुडाले सोमबार सार्वजनिक गरेको हो ।गाउँमा मेडिकल सञ्चालन गर्ने बालिष्टरले बालिकालाई विभिन्न बहानामा नजिक बनाएर प्रलोभनमा पारी जघन्य अपराध गरेको भन्दै पीडित परिवारले उनीहरुलाई हदैसम्मको कारवाहीको माग गरेका छन् ।
प्रहरीले स्थानीय स्तरबाट अनुसन्धान गर्दा समेत पक्राउ परेका तीनै जनाको संलग्नता भएको प्रमाण फेला परेको जनाएको छ । अभियुक्तहरुले अभियोग स्वीकारेको पनि प्रहरी निरीक्षक चतुर्भुज ओझाले जानकारी दिए ।बालिकालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा असार २७ गते वीरगंज महानगरपालिका ८ बाट बेवारिसे अवस्थामा उद्दार गरिएको प्रहरी निरीक्षक ओझाले बताए ।
July 18, 2018 10:18 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना