Tuesday 23rd December 2025

‘मेरो नजरमा लियोनल मेस्सी विश्वकै उत्कृष्ट खेलाडी’

7 years अगाडी

काठमाडौँ, २ साउन । पुर्व म्यानचेस्टर युनाइटेडका खेलाडी वायन रुनीले लियोनल मेस्सी विश्वकै सर्वोत्कृष्ट खेलाडी भएको बताएका छन् ।हालै डि सी युनाइटेड क्लबबाट डेब्यु गरेका वायन रुनीले म्यानुमा सँगै खेलेका मित्र रोनाल्डोभन्दा मेस्सी उत्कृष्ट खेलाडी भएको बताएका हुन् ।

पार्डन माइ टेक पोडकास्टमा आएका उनलाई रोनाल्डो र मेस्सीमा को सर्वोत्कृष्ट खेलाडी भनेर प्रश्न गरिएको थियो । उनले तुरुन्तै जबाफ दिएका थिए, ‘मेस्सी । यसबारे मैले धेरै कारण यस पहिला नै दिइसकेको छु ।’

म्यानुमा २००४ देखि २०१७ सम्म म्यानुबाट व्यवसायिक फुटबल खेल खेलेका थिए । त्यसपछि उनको यात्रा इभर्टनमा रह्यो । एक सिजन नबित्दै उनले इभर्टन छोड्ने निर्णय गरे । हाल उनी डि सी युनाइटेड क्लबमा आवद्ध रहेका छन् ।

          July 18, 2018 10:24 am | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...