सलमान , शाहरूले १ फिल्मबापत ५० देखि ६० करोड डिमाण्ड गरेको थाहा पाएपछि दीपिकाले पनि बढाइन् मूल्य
बलिउड नायिका दीपिका पादुकोणले आफूले अभिनय गरेको फिल्म पद्मावत हिट भएपछि आफ्नो पारिश्रमिक पनि बढाएकी छिन्। भारतीय सञ्चार माध्यमले जनाएअनसार उनले पुरुष कलाकारबराबर पारिश्रमिक डिमान्ड गरिरहेकी छिन्। यति मात्र होइन, अब उनले फिल्मको कथा पनि आफ्नो इच्छाअनुसार परिवर्तन गर्न जोड दिन थालेको समाचारमा जनाइएको छ।
उनी आफ्नो फिल्म हिट भएपछि लगातार धेरै फिल्म छोडिरहेकी छिन्। उनी तब मात्र फिल्म ओके गर्नेछिन्, जन फिल्मबाट उनले भनेजति पारिश्रमिक पाउनेछिन्। एक फिल्म निर्माताको भनाइलाई उद्धृत गर्दै समाचारमा भनिएको छ– ‘दीपिकाले यस किसिमको रवैया देखाउनमा निर्देशक सञ्जय लीला भंसाली दोषी छन्। किनभने उनले दीपिकालाई पद्मावतमा मेल एक्टरलाई भन्दा बढी पारिश्रमिक दिएका थिए।’
समाचारमा जनाइएअनुसार फिल्ममा दीपिकालाई ११ करोड, रणवीर सिंहलाई ८ करोड तथा साहिद कपुरलाई ४ करोड भारतीय रुपियाँ दिइएको थियो। निर्माताले भनेको छन्– ‘अब दीपिका केवल ए लिस्टर प्रोड्युसर तथा डाइरेक्टर र हिरोका साथमात्र काम गर्नेछिन्। यही कारणले नै उनले पद्मावतपछि कुनै पनि फिल्म साइन गरेकी छैनन्। रिपोर्टअनुसार बलिउडमा ए लिस्टर हिरो तथा हिरोइनको पारिश्रमिकमा ५ गुणाको अन्तर छ। दीपिका, कंगना रनावत, करिना कपुरलगायतका अभिनेतृको पारिश्रमिक १० देखि १२ करोड छ। जबकी सलमान खान, शाहरूख खानजस्ता अभिनेताले १ फिल्मबापत ५० देखि ६० करोड रुपियाँ लिने गर्छन्।
July 18, 2018 12:22 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :