पहिले नन्द र सासूसँग झगडा : त्यसपछि भेटियो महिलाको शव, आरोपमा दुईजना पक्राउ
गौशाला । महोत्तरी जिल्लाको पिपरा गाउँपालिका-१, ढेकहा गाउँमा हिजो साँझ एक महिलाको हत्या भएको छ। हत्या हुनेमा पिपरा गाउँपालिका–१, ढेकहा गाउँ बस्ने श्याम महतोकी ३० वर्षीया पत्नी रीता देवी रहेकी छिन्।जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जीउभरि निलडाम र चोटपटक लागेको अवस्थामा हिजो साँझ रीता देवीको शव उनको आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेको हो।
स्थानीय छिमेकीसँग प्रहरीले सोधपुछ गर्दा रीता देवीकी सासू मन्तोरिया देवी र नन्द शान्तिदेवीसँग उनको ठूलो झगडा परेको तथा सासू र नन्दले रीतालाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए। तर स्थानीयले रीता कसरी घरमा झुण्डिइन् वा झुण्डयाइएको हो र उनको मृत्यु कुटपिटबाट भएको वा अन्य कुनै कारणबाट भएको भन्नेबारे जानकारी नरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए। यता प्रहरीले रीताको मृत्यु कुटपिटबाट भएको हुनसक्ने आशंका गर्दै अनुसन्धानका लागि मृतक रीताकी सासू मन्तोरिया देवी र नन्द शान्तिदेवीलाई बुधबार साँझ नै पक्राउ गरी ल्याएको छ भने घटनाबारे विशेष अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
July 19, 2018 11:13 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना