Tuesday 23rd December 2025

प्रशिक्षक सारीले हजार्डलाई चेल्सीमा बस्न आग्रह गरेपछि

7 years अगाडी

काठमाडौँ, ३ साउन । चेल्सीका नयाँ प्रशिक्षक मौरिजियो सारीले इडिन हजार्डलाई चेल्सीमा नै राख्ने बताएका छन् । उनले भनेका छन्, ‘इडिन हजार्ड मेरो प्लानमा रहेका छन् । उनलाई क्लबले नबेच्नेमा म ढुक्क रहेको छु ।’

मिडिया रिपोर्टका अनुसार इडिन हजार्ड रियल मड्रिड जाने तयारीमा रहेका छन् । रोनाल्डोको विकल्पमा हजार्डलाई रियलले हेरिरहेको बताइएको छ ।सारीले हजार्डलाई मर्टेन्ससँग तुलना गरेको र उनको खेल्ने शैलीबाट आफु प्रभावित भएको बताएका छन् ।

उनले भनेका छन्,’हजार्ड उच्च तहका खेलाडी हुन् । मलाई लाग्छ पुरै युरोप भरि उनी जस्ता दुई तीनजना खेलाडीमात्र रहेका छन् । मलाई लाग्छ उसलाई मदत गर्न मैले कुनै कसर बाँकी राख्ने छैन ।’गएको सिजन चेल्सीले खराब खेल प्रदर्शन गरेको थियो भने पाँचौ स्थानमा चित्त बुझाएको थियो ।

          July 19, 2018 11:30 am | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...