प्रशिक्षक सारीले हजार्डलाई चेल्सीमा बस्न आग्रह गरेपछि
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, ३ साउन । चेल्सीका नयाँ प्रशिक्षक मौरिजियो सारीले इडिन हजार्डलाई चेल्सीमा नै राख्ने बताएका छन् । उनले भनेका छन्, ‘इडिन हजार्ड मेरो प्लानमा रहेका छन् । उनलाई क्लबले नबेच्नेमा म ढुक्क रहेको छु ।’
मिडिया रिपोर्टका अनुसार इडिन हजार्ड रियल मड्रिड जाने तयारीमा रहेका छन् । रोनाल्डोको विकल्पमा हजार्डलाई रियलले हेरिरहेको बताइएको छ ।सारीले हजार्डलाई मर्टेन्ससँग तुलना गरेको र उनको खेल्ने शैलीबाट आफु प्रभावित भएको बताएका छन् ।
उनले भनेका छन्,’हजार्ड उच्च तहका खेलाडी हुन् । मलाई लाग्छ पुरै युरोप भरि उनी जस्ता दुई तीनजना खेलाडीमात्र रहेका छन् । मलाई लाग्छ उसलाई मदत गर्न मैले कुनै कसर बाँकी राख्ने छैन ।’गएको सिजन चेल्सीले खराब खेल प्रदर्शन गरेको थियो भने पाँचौ स्थानमा चित्त बुझाएको थियो ।
July 19, 2018 11:30 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
Loading...