Thursday 2nd April 2026

गीतगजल रेष्टुराँ आगलागीमा रु ६० लाखको क्षति

8 years अगाडी

विराटनगर । विराटनगर महानगरपालिका-१२, पञ्चालीमा सञ्चालित गीतगजल रेष्टुराँमा आज बिहान आगलागी हुँदा करीब रु ६० लाख बराबरको सम्पत्ति जलेर खरानी भएको छ।

विराटनगर वडा प्रहरी कार्यालयका अनुसार आज बिहान करीब ४ः१५ बजे भएको आगलागी विद्युत् सर्ट भएर भएको र सो क्षतिको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

स्थानीय नवीन घिमिरेको घर बहालमा लिई योग्य श्रेष्ठद्वारा सञ्चालित पञ्चाली गीतगजल रेष्टुराँमा लागेको आगोलाई दमकल, स्थानीय प्रहरी र सर्वसाधारण जनताको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

          July 19, 2018 11:46 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...