आफ्नो नाकका कारण प्रियंका चोपडाले आठ फिल्म गुमाइन् !!
एजेन्सी। बलिउड अभिनेत्री प्रियंका चोपडा बलिउडमा मात्रै होइन, हलिउडमा पनि चर्चित नाम हो। यतिबेला प्रियंका अमेरिकी गायक निक जोनाससँगको अफेयरलाई लिएर चर्चामा छिन्। प्रियंका दुई वर्षपछि फेरि बलिउड फिल्ममा काम गर्न गइरहेकी छन्। उनी सलमानको खानको फिल्म ‘भारत’ मा अभिनय गर्न तयार भएकी छन्। प्रियंका एक सेल्फ मेड स्टार हुन्। उनले अहिलेको उचाइ आफ्नो क्षमताको आधारमा प्राप्त गरेकी हुन्।
प्रियंकाले फिल्म हिरोमार्फत बलिउडमा डेब्यू गरेकी थिइन्। यो फिल्ममा सनी देओल र प्रीटी जिन्टा मुख्य भूमिकामा थिए भने प्रियंका सहायकको भूमिकामा देखिएकी थिइन्। डेब्यू फिल्मभन्दा पहिला प्रियंकाका हातबाट धेरै फिल्म गुमे। प्रियंकालाई सबैभन्दा पहिला विजय गिलानीको एक फिल्मको अफर आएको थियो। फिल्मलाई महेश मांजरेकरले निर्देशन गर्दै थिए। फिल्ममा प्रियंकासँग बबी देओल मुख्य भूमिकामा थिए। त्यतिबेला प्रियंकाले आफ्नो नाकको सर्जरी गराएकी थिइन्। त्यही कारण उनको नाक असामान्य लागिरहेको थियो।
निर्माता विजय गिलानी ‘जुन अभिनेत्रीको नाक नै राम्रो देखिएको छैन, त्यस्ती अभिनेत्रीसँग हामी कसरी फिल्मको शुटिङ गर्न सक्छौंरु’ भनेका थिए। योसँग बबी देओलले पनि प्रियंकाको नाकका कारण शुटिङ गर्न अस्वीकार गरेका थिए। यही कारण फिल्मको शुटिङ बीचमै रोकियो। नाकका कारण प्रियंकाले करिव आठ वटा फिल्मबाट हात धुनुपर्यो। २००६ मा प्रियंकालाई उनको करियरमा पहिलो सुपरहिट फिल्म प्राप्त भयो। सो फिल्मले उनको भाग्य नै परिवर्तन गरिदियो। सो फिल्मको नाम हो ‘कृष’। यद्यपी यो फिल्म भन्दा पहिला उनले ऐतराज र मुझ से शादी करोगी जस्ता फिल्ममा काम गरिसकेकी थ्इिन्। तर उनी सुपरस्टार बन्न सकेकी थिइनन्।
July 19, 2018 12:44 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी