Tuesday 10th February 2026

दाङका असहाय बालबालिकालाई राप्ती भेरी कर्णाली एकता समाज कुवेतले शैक्षिक सामाग्री वितरण गर्‍यो

8 years अगाडी

जुलाई १९,कुवेत। राप्ती भेरी कर्णाली एकता समाज कुवेतले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ विजौरी स्थित असहाय बालविकास नेपालमा रहेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण गरेको छ। राप्ती भेरी कर्णाली एकता समाज कुवेतले विहिवार २५ हजार बराबरको खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण गरेको समाजका महासचिव माधब शाहिले जानकारी दिए ।

खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम हेल्पिङ ह्याण्ड्स दाङकी अध्यक्ष प्रतिक्षा पौडेलको अध्यक्षता र राप्ती भेरी कर्णाली एकता समाज कुवेतका महासचिव माधव शाहीको प्रमुख आथित्यता  तथा संचारकर्मी राज मल्ल, ठकुरी समाज महासघ नेपाल केन्द्रिय सदस्य बलदेव मल्लको उपस्थितीमा उक्त सामाग्री वितरण गरिएको हो ।

विजौरी स्थित बालविकास नेपाल दाङ  विजौरीमा रहेका १५ जना बालबालिकालाई शिक्षामा सहयोग पुगोस भन्ने उदेश्यले शैक्षिक सामाग्रीका साथै खाद्यान्न वितरण गरिएको हेल्पिङ ह्याण्ड्सका सल्लाहाकार शालिकराम गौतमले जानकारी दिए ।

 

          July 19, 2018 11:48 pm | प्रवास,समाचार,समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...