Tuesday 23rd December 2025

इन्डोनसियाली खेलकुदका लागि नेपाली युवा फुटबल टोली थाइल्यान्ड जाने

7 years अगाडी

काठमाडाैं, ४ सा‍उन ।  इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदका लागि नेपाली युवा फुटबल टोली थाइल्यान्ड जाने भएको छ । नेपाली टोलीले अन्तिम तयारी थाइल्याण्डमा नै गर्नेछ ।एसियाडमा सहभागि हुने २३ वर्ष मुनिको नेपाली टोलीले थाइल्यान्डमा २ वटा मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

नेपाली टोलीले १ देखि ४ अगस्ट भित्र दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ । अहिले नेपाली टोली सातदोबाटोस्थित एन्फा मुख्यालयमा रहेको अभ्यास गरिरहेको छ । एसियाडका लागि एन्फाले यसअघि नै २० सदस्यीय टिमको घोषणा गरिसकेको छ । एसियन गेम्सको १८ औं संस्करण यही भदौं २ गतेदेखि इन्डोनेसियाको जाकार्ता र पालेमबाङमा आयोजना हुँदैछ ।

          July 20, 2018 10:31 am | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...