श्रीमतीको नामको नक्कली श्रीमती अमेरिका लैजान लागेको खुलासा
काठमाडौं,साउन । रौतहट जिल्ला गुजरा नगरपालिका वडा नम्बर ५ का स्थानीय रामकुमार गुप्ताले दोस्रो विवाहको नाटकगरी एक युवतीलाई संयुक्त राज्य अमेरिका लैजान लागेको खुलासा भएको छ । रिपोर्टर्स क्लब नेपालमा रामकुमार गुुप्ताकी पहिलो श्रीमती रुपरेखा गुप्ताका आफन्तले बिहीबार पत्रकार सम्मेलन गरेर अमेरिका लैजान तयार भएका रामकुमार गुप्ता र मधु साहलाई कानूनी रुपमा कारबाही गर्न माग गरेका छन् । रुपरेखाकी फुपु नाता लाग्ने रञ्जु साहले दोस्रो विवाहको बारेमा संविधान कडा भएपनि व्यवहारिकरुपमा महिलाहरुले अत्याचार खेपिरहनुपरेको बताईन् ।
नेपाल वैश्य यूवा संघकी केन्द्रीय सचिवसमेत रहेकी साहले भनिन्, ‘मेरो भदैनी रुपरेखाको श्रीमान् पाँचवर्षदेखि अमेरिकामा बस्दै आउनुभएको छ, पछिल्लो समयमा उहाँले रौतहटकै अर्की मधु साह गुप्ता नाम गरेकी केटीलाई नागरिकता दिएर उनलाई अमेरिका लैजान लागेको हामीलाई सूचना आएको छ, त्यही खबरले हाम्रो भदैनी मानसिकरुपमा प्रभावित भएकी छिन्, पाँच वर्षीया छोरी छन्, दोस्रो विवाह गरेर जोडिएको घरपरिवारलाई अन्यायमा पार्ने काम उनले गर्दैछन्, यो कार्य पूर्णरुपमा गलत छ ।’
त्यस्तै कार्यक्रममा रुपरेखाका बुवा विश्वनाथ साह गुप्ताले आफ्नी छोरीमाथि अन्याय गर्नेलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् । उनले भने, ‘७ वर्ष पहिले आपसी मिलेमतोमा विवाह गरेका थिए, पाँच वर्षकी नातिनी छिन्, दोस्रो विवाहको नाटक गरेर छोरीको श्रीमान्ले अर्की श्रीमतीलाई अमेरिका लैजान थालेको सूचना हामीले पाएका छौं, मधु साहको काका नाता लाग्ने फोरमका नेता समेत रहेका किरण साहले मलाई पैसामा मिल्न आग्रह गरेका छन्, हामीलाई पैसा चाहिएको होईन ।’
उनले अघि थपे, ‘हाम्री छोरीको न्याय खोसिनु हुँदैन भन्ने हो, नागरिकता दिने, यो कुकार्यमा संलग्न जोकोहीलाई कडा कारबाही हुनुपर्छ, नेपालको संविधानले दोस्रो बिवाह गर्नेलाई दण्डित गर्छ, त्यो कारबाही दोषीले भोग्नैपर्छ ।’ पाँच वर्षीया छोरीको साथमा २५ वर्षीया आमा रुपरेखा गुप्ता अहिले माईतीमा बस्दै आएकी छिन् ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना