Thursday 2nd April 2026

जुम्ला घटनामा किन झूट बोल्यो प्रहरीले ?

8 years अगाडी

काठमाडौं, ५ साउन । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बसेका डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन जुम्ला प्रहरीले दुई झुटको सहारा लिएको खुलेको छ । सरकारले प्रहरी बल प्रयोग गरेर बिहीबार केसीलाई जुम्लाबाट काठमाडौं ल्याएको हो ।प्रतिष्ठान परिसरमा प्रहरीले भिड नियन्त्रणका लागि बिहीबार हवाइ फायर गर्दा प्रहरी जवान कमल आचार्यको मृत्यु भएको घोषणा डीएसपी डा. तपनकुमार दाहालले घोषणा गरिदिए । सञ्चारमध्यममा प्रहरी जवानको मृत्यु भएको खबर आएपछि प्रहरी प्रधान कार्यालयले उनको मृत्यु नभई सिसा र फलामको किला लागेर गम्भीर घाइते भएको बतायो ।

आफ्नो गल्ती ढाकछोप गर्न प्रहरीले उल्टै सञ्चार माध्यमलाई उपदेश दिँदै ‘समाचार ब्रेक गर्ने होडबाजीमा असत्य समाचार सम्प्रेषण नगर्न’ अपिलसमेत गरेको थियो । आखिर प्रहरीले आफ्नै सहकर्मीको मृत्यु भएको खबर फैलाएर भिड नियन्त्रण गर्ने स्थिति किन बन्यो ?जुम्लाका डीएसपी तपनकुमार दाहालले किन प्रहरीको मृत्यु भएको भन्दै माइकिङ गरे ? प्रहरी प्रवक्ता शैलेश थापाले भने, ‘डीएसपीले किन त्यस्तो भने र त्यस्तो अवस्था किन आयो भन्नेबारेमा आन्तरिक छानबिन सुरु भएको छ।’ भीड नियन्त्रणका बेला होस् या अन्य, गलत सन्देश प्रसार गर्नु आचारसंहिताविपरीत र गैरकानुनी हो , त्यसले कार्यस्थलमा खटिएका प्रहरीलाई झनै उत्तेजित बनाउन सक्छ ।

          July 21, 2018 10:49 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...