तराईमा गर्मी बढ्यो, जनजीवन कष्टकर बन्दै
8 years अगाडी
Susma Dhakal
रौतहट, ५ साउन । केहि दिनदेखि पानी नपरेपछि तराईका जिल्लामा गर्मी बढेको छ । दिनभर चर्को घाम लाग्दा तराई क्षेत्रमा अत्यधिक गर्मी हुन थालेको हो ।तापक्रम उच्च हुँदा मानिसलाई घर बाहिर निस्कन मुस्किल पर्न थालेको छ । गर्मीबाट स–साना बालबच्चा, बृद्धबृद्धा र अशक्त अझ बढी पीडित बनेका छन् । बजार क्षेत्रमा मानिसको चहल पहल समेत घटेको छ ।
यस्तो मौसममा टाउको दुख्ने, रिंगटा लाग्ने, वान्ता हुने, बेहोस हुने जस्ता समस्या देखिने भएकाले पानी धेरै पिउन र काम विशेषले बाहेक घाम चर्किएको बेला घर बाहिर ननिस्कन चिकित्सकले सुझाब दिएका छन् ।पानी पर्न छाडेपछि कतिपय ठाउँमा धान रोपाई समेत प्रभावित भएको छ । आकाशे पानीको भरमा खेती हुँदै आएको तराईका कतिपय भेगमा पानी पर्न छाडेपछि रोपाई पनि प्रभावित भएको हो ।
July 21, 2018 10:55 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
Loading...