खेल हारे पनि श्रीमतीको मन जित्दै मेसी, नाइट क्लबमा भेटिए
म्याड्रिड, ५ साउन । रसिया विश्वकपमा देशको लागि अपेक्षित प्रदर्शन गर्न नसके पनि अर्जेन्टिनी स्टार लियोनेल मेसीको चर्चा सेलाएको छैन धेरैजसो खेलाडीहरु आ–आफ्ना क्लबमा नियमित प्रशिक्षणमा लागे पनि मेसी भने परिवारका साथ समय बिताइरहेका छन् । हाल बिदा मनाउन व्यस्त मेसी अहिले श्रीमती एन्टोनेला रोकुजोसँग रोमान्समा मस्त छन् । कतिपयले सामाजिक सञ्जालमा भनिरहेका छन्, ‘खेल हारे पनि मेसी श्रीमतीको मन जितिरहेका छन् ।’
बेलायती सञ्चार माध्यमहरुले बिहीबार मेसी र रोकुजोलाई बार्सिलोनाको एक नाइट क्लबमा फेला पारे । मेसी दम्पत्तिले त्यहाँ २ घन्टा समय खर्चिएको समाचार संस्थाहरुले जनाएका छन् । मेसी दम्पत्तिलाई साथ दिन सेस फाब्रिगासकी श्रीमती डानिएला सेमन पनि नाइट क्लबमा पुगिन् । डानिएला मेसी पत्नीकी बच्चैदेखिका साथी हुन् । मेसीले सकेसम्म फाब्रिगास परिवारलाई बाहिर रमाइलोमा निस्कँदा छुटाउँदैनन् । खेलका हिसाबले पनि मेस्सीलाई अहिले कुनै हतारो छैन । स्पेनिस लिग पछि सुरु हुने भएकाले मेसीलाई बार्सिलोना क्याम्पमा जोडिइहाल्नुपर्ने चटारो छैन । उनले यो समय परिवारका साथ बिताउने कार्यक्रम बनाएका छन् । एजेन्सीको सहयोगमा
July 21, 2018 10:57 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :