Thursday 12th March 2026

खेल हारे पनि श्रीमतीको मन जित्दै मेसी, नाइट क्लबमा भेटिए

8 years अगाडी

म्याड्रिड, ५ साउन । रसिया विश्वकपमा देशको लागि अपेक्षित प्रदर्शन गर्न नसके पनि अर्जेन्टिनी स्टार लियोनेल मेसीको चर्चा सेलाएको छैन  धेरैजसो खेलाडीहरु आ–आफ्ना क्लबमा नियमित प्रशिक्षणमा लागे पनि मेसी भने परिवारका साथ समय बिताइरहेका छन् । हाल बिदा मनाउन व्यस्त मेसी अहिले श्रीमती एन्टोनेला रोकुजोसँग रोमान्समा मस्त छन् । कतिपयले सामाजिक सञ्जालमा भनिरहेका छन्, ‘खेल हारे पनि मेसी श्रीमतीको मन जितिरहेका छन् ।’

बेलायती सञ्चार माध्यमहरुले बिहीबार मेसी र रोकुजोलाई बार्सिलोनाको एक नाइट क्लबमा फेला पारे । मेसी दम्पत्तिले त्यहाँ २ घन्टा समय खर्चिएको समाचार संस्थाहरुले जनाएका छन् । मेसी दम्पत्तिलाई साथ दिन सेस फाब्रिगासकी श्रीमती डानिएला सेमन पनि नाइट क्लबमा पुगिन् । डानिएला मेसी पत्नीकी बच्चैदेखिका साथी हुन् । मेसीले सकेसम्म फाब्रिगास परिवारलाई बाहिर रमाइलोमा निस्कँदा छुटाउँदैनन् । खेलका हिसाबले पनि मेस्सीलाई अहिले कुनै हतारो छैन । स्पेनिस लिग पछि सुरु हुने भएकाले मेसीलाई बार्सिलोना क्याम्पमा जोडिइहाल्नुपर्ने चटारो छैन । उनले यो समय परिवारका साथ बिताउने कार्यक्रम बनाएका छन् ।  एजेन्सीको सहयोगमा

          July 21, 2018 10:57 am | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...