

जानी राखौ,रक्सी पिएपछि मानिस किन अंग्रेजी बोल्न थाल्छन् ? यस्तो रहेछ खास कारण !

मानिसहरु सामान्यतया मदिरा सेवन गरेपछि अंग्रेजी बोल्ने गरेको तपाईले पनि ख्याल गर्नुभएको होला । विशेषगरी गैरअंग्रेजी भाषीहरु मदिरा सेवन गरेपछि अंग्रेजी भाषाको प्रयोग बढी गर्ने गर्दछन् । तर तपाई कुनै अन्य भाषामा बोल्ने कोशिस गर्नुहुन्छ भने तब कयौपटक तपाईका साथ यस्तो भएको होला । सही शब्द तपाईले मुस्किलले पाउनुहुनेछ र त्यसको सही उच्चरण गर्न पनि चुनौतिझै हुनेछ तर, यदि तपाईले थोरै मदिरा सेवन गर्नुभएको छ भने अन्य भाषाका शब्द आफै मुखमा धाराप्रवाह निस्कन लाग्नेछ । लवजको खोजी अन्त्य हुनेछ र तपाईको कुरा सरल लाग्नेछ । मानौ कि यो तपाईको मुखैमा छ ।
सामाजिक व्यवहार : यो मदिराका विषयमा लिएर कुनै अन्दाज गरिएको होइन, बरु यस विषयमा एउटा अध्ययन सार्वजनिक भएको छ। साइन्स म्यागाजिन ‘जर्नल अफ साइकोफार्माकोलजी’ मा प्रकाशित अध्ययनका अनुसार थोरै मदिराले अन्य भाषा बोल्न सहयोग गर्दछ । यो पनि सत्य हो कि हाम्रो स्मरणशक्ति र ध्यान केन्द्रित गर्ने क्षमतामा असर पर्दछ, यस हिसावमा यो एउटा बाधा हो । तर, अर्कातिर यसले हाम्रो हिचकिचाहट पनि भगाउने गर्दछ । हाम्रो आत्मविश्वास बढाउने काम गर्दछ र सामाजिक व्यवहारमा संकोच कम गर्दछ । जब हामी कुनै अर्को व्यक्तिलाई भेट्छौ र कुरा गर्दछौ तब यो सबै कुराको असर हाम्रो भाषिक क्षमतामा पर्दछ । यो कुरा अहिलेसम्म बिना कुनै वैज्ञानिक आधारमै स्वीकार गरिँदै आएको थियो।
थोरै मदिरा : तर, युनिभर्सिटी अफ लिभरपुल, बेलायतको किंग्स कलेज र नेदरल्याण्डको युनिभर्सिटी अफ मास्ट्रिचका शोधकर्ताहरुले यो विचारलाई परीक्षण गरेर हेरे । परीक्षणका लागि ५० जना जर्मन नागरिकको एउटा समूह चयन गरियो, जसले हालै डच भाषा सिकेका थिए ।केहीलाई पिउनका लागि मदिरा दिइयो, जसमा थोरै मदिरा थियो । उनीहरुको तौलको अनुपातमा मदिराको मात्रा दिइएको थियो । केहीको ड्रिङ्क्समा अल्कोहल थिएन । परीक्षणमा भाग लिने जर्मन नागरिकलाई नेदरल्याण्डका नागरिकसँग डच भाषामा कुरा गर्न भनियो । डच भाषीलाई यो थाहा थिएन कि कसले मदिरा सेवन गरेको छ र कसले छैन । परीक्षणबाट यो कुरा स्पष्ट भयो कि जसले मदिरा सेवन गरेको थियो, उसले राम्रो उच्चारणका साथ कुरा गरेका थिए । शोधकर्ताहरुले स्पष्ट गरेका छन् कि उनीहरुले यो परिणाम मदिराको निकै कम मात्राको खुराक दिएबाट प्राप्त भयो ।
July 21, 2018 11:07 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

