सुर्खेतमा १३१ महिला बालबालिका फेला परेनन्
सुर्खेत । गत आर्थिक वर्ष सुर्खेतमा हराएकामध्ये अहिलेसम्म १३१ जना महिला तथा बालबालिका फेला नपरेको तथ्याङ्क सार्वजनिक गरिएको छ।जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको तथ्याङ्कमा आव २०७४/७५ महिला तथा बालबालिका हराउने दर बढेको बताएको छ।
गत वर्ष बालक ७८, बालिका ४३ र महिला २०६ जना गरी जम्मा ३३७ जना महिला तथा बालबालिका हराएकामा बालक ४९, बालिका ३४ र महिला ११३ गरी १९६ जना फेला परेको र अझै १३१ महिला बालबालिका हराइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक श्याम चौधरीले बताए।
“हराइरहेकामध्ये २९ बालक, नौ बालिका र ९३ महिला छन्, उनीहरुको खोजीकार्यमा प्रहरी लागिरहेको छ”, प्रहरी नायब निरीक्षक चौधरीले भने। यसरी महिला तथा बालबालिका हराउनुमा डिप्रेसन, लागू औषध दुव्र्यसनी, घरायसी झैझगडा, विवाह गरेर घर छोड्ने र मायाप्रीतिमा देखिने खटपट मुख्य कारण रहेको उनले बताए।
July 21, 2018 12:15 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना