मकाउमा एक नेपालीको असामयिक निधन !
कर्ण अधिकारी मकाउ – बिगत ७ बर्ष देखि मकाउ ग्यालेक्सी कम्पनीमा कार्यरत रहनु भएका स्थायी घर पर्वत र हाल परीवारको बसोबास काठमाण्डौमा भएका बर्ष ४७ को खिम नारायण तिमल्सिनाको ड्युटीका क्रममा (आज)शनिबार बिहान ९ बजे मुखबाट रगत बान्ता गर्दै असामयिक निधन भएको छ। मृतक तिमल्सिनाको शवलाई मकाउ स्थित सान्तेन हस्पिटलमा राखिएको छ। हालसम्म मकाउमा ७ जनाको असामयिक निधन भई सकेको छ।
आँखामा राखे पनि नबिझाउने किसिमका तिमल्सिनाको असामयिक निधन हुनु दुर्भाग्य हो। परीवारको आर्थिक स्थिति सुधार गर्नकै लागि बिदेशीएका नेपालीहरूको दु:खको हामी कल्पना गर्न समेत सक्दैनौ। यस बिषयमा हंगकंग तथा मकाउका लागि नेपाली महाबाणिज्य दुताबास हंगकंगका महाबाणिज्य दुत कमल प्रसाद भट्टराईलाई यस दुखद घटनाको बिषयमा नेपाली जनसम्पर्क समिति मकाउले जानकारी गराई सकेको र उहाँहरूले पनि यस बिषयलाई गम्भीरता पूर्बक हेर्नु भएको छ।
यसै बिषयमा नेपाल चेम्बर अफ कमर्स मकाउका अध्यक्ष शुदर्सन थापा मगरले पनि यदि यस्तो घटना मकाउमा घटछ भने यस्तो दुखद घडीमा मृतकलाई ल्याएको मेनपावर कम्पनिले आफ्नो तर्फबाट सहयोग र सदभाव राखि दिए अझै राम्रो हुने थियो भन्ने धारणा ब्यक्त गर्नु भएको छ।
July 21, 2018 12:20 pm | प्रवास,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :