अछाममा मतदातालाई कुटपिट र गालीगलौज गर्ने वडाअध्यक्ष पक्राउ
8 years अगाडी
Susma Dhakal
अछाम, ५ साउन । अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ कालिकास्थानका वडा अध्यक्ष सज्जन बहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ । शाहीलाई शुक्रबार पक्राउ गरी अनुसन्धान सुरु गरिएको अछामका डिएसपी रुकेश तण्डुकारले जानकारी दिए । स्थानीय दुर्गा बोहरा, पबि बोहरा, धनबहादुर बोहरा, पदम माझी लगायतले सडक निर्माणमा आफ्नो जग्गा पर्ने भन्दै असहमति जनाएपछि वडा अध्यक्ष शाहीले कुटपिट तथा गालि गलौज गरेकाले प्रहरीको सहायता लिएको पीडितले बताए ।
डोजरको जथाभावी प्रयोगले जिल्लाका विभिन्न बस्ती समेत जोखिममा परी भूक्षय को समस्या निम्तिरहेका बेला वडा अध्यक्ष लगायत जनप्रतिनिधिबाटै डोजर प्रयोगलाई बढावा दिने काम भइरहेको भन्दै स्थानीयले विरोध गरेका छन् ।नगरपालिकाको ४० लाखको सहयोगमा कुज्जेडा–आलि–खुलालु (कालिकोट) जोड्ने सडक उपभोक्ता समितिमार्फत् निर्माण भईरहेको छ ।
July 21, 2018 1:52 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
Loading...