Tuesday 10th March 2026

१२ बर्षमा बलात्कारमा परि १३ बर्षमा बच्चा जन्माएकी रविना आइन मिडियामा !

8 years अगाडी

महिला हिंसा अन्त्यका लागि जति नारा घन्काएमा पनि यसमा अपेक्षाकृत उपलब्धी हासिल हुन सकेको छैन । यसको टड्कारो उदहारण हुन्, सुदूर पश्चिमकी रविना वादी । कलिलै उमेरमै यौन शोषणमा परेकी उनको १९ वर्षको उमेरमा सडकको बास भएको छ । १९ वर्षको कलिलो उमेरमा नै उनी पीडै पीडाले थिचिएकी छन्। उनी दुई सन्तानकी आमा समेत हुन्।

१२ वर्षको उमेरमा गाउँकै २९ वर्षीय युवकले बलात्कार गरेपछि उनको समाजकै निर्णयअनुसार सोही केटासँग विवाह भयो । विवाहको अर्काे वर्ष अर्थात १३ वर्षको उमेरमा नै उनी आमा बनिन्।आफ्नै श्रीमान्बाट पटक पटक यौन शोषणमा परेकी रविनाका छोरा जन्मेपछि एक्लै हुन पुगिन् । छोरा जन्मेको केही महिना पछि श्रीमान विदेश गए । विदेशमै युवतीहरुसँगको मोजमस्ती गर्न थालेपछि श्रीमान्ले उनलाई वास्ता गर्न छाडे ।

रविनाले हिम्मत गरेर छोरालाई माइतीमा राखेर एक रेडियोमा काम गर्न थालिन् । रेडियोमा काम गर्न थालेपछि उनले दोस्रो विवाह गरिन् । तर, दोस्रो श्रीमानले उनलाई झनै धेरै यातना दिए। दोस्रो श्रीमानबाट पनि उनको एक छोरा छन् । तर, रविनालाई पशुपतिमा छोडेर हिँडेका श्रीमान् सम्पर्क विहीन छन् । सानै उमेरमा भोगेको पीडा र सडकबासले जति दुःख दिएको छ त्यत्ति नै छोरा हुर्काउने सकस र पीडा छ । पशुपतिको मसानघाटमा बस्दा छोरालाई कसैले चोरिदिन्छ की भनेर ननिदाएको उनले बताइन् ।

          July 21, 2018 3:17 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...