डा. केसीको माग लोकतान्त्रिक प्रक्रियाबाट सम्बोधन गर्छौँ : गृहमन्त्री थापा
8 years अगाडी
Susma Dhakal
जनकपुरधाम । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले डा. गोविन्द केसीको माग लोकतान्त्रिक प्रक्रियाबाट सम्बोधन गरिने बताएका छन्।जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले चिकित्सा शिक्षासम्बन्धी विधेयकमा डा. केसीको मागअनुरूप के गर्न सकिन्छ भन्ने सन्दर्भमा गृहकार्य भइरहेको बताए।
गृहमन्त्री थापाले संघीय प्रहरी ऐन निर्माणपछि मात्र प्रदेश प्रहरी ऐनको प्रक्रिया अगाडि बढ्ने स्पष्ट पारे। सीमासम्बन्धी देखिएका जटिलतालाई आपसी सहमतिका आधारमा समाधान गरिने बताउँदै उनले सम्झौताको पुनरावलोकन पनि अपरिहार्य भइसकेको धारणा राखे।
गृहमन्त्री थापाले सरकारी ठेक्का लिइ काम नगर्ने ठेकेदारलाई कारबाही गरिने चेतावनी पनि दिए। उनले पार्टी एकीकरणको प्रत्याभूतिको कार्य अब स्थानीय तहमा पनि तीव्र गरिनेछ।
July 22, 2018 10:48 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
Loading...