Wednesday 1st April 2026

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

8 years अगाडी

दमक । मोटरसाइकल दुर्घटनामा परेर गएराति झापाको गौरादहमा एक युवाको ज्यान गएको छ। गौरादह–गौरीगञ्ज सडकखण्डअन्तर्गतको गौरादह-३ स्थित धोबेनियामा मोटरसाइकल दुर्घटनामा परेर सोही वडा निवासी ३२ वर्षीय जीवन न्यौपानेको ज्यान गएको हो। न्यौपाने गौरादहका युवा व्यवसायी हुन्।

गौरीगञ्जबाट घरतर्फ फर्कदै गर्दा उनको सवार बा १० प ४६३ नम्बरको मोटरसाइकल गएराति ८.३० बजे दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि दमकतर्फ लैजाँदा गर्दा बाटोमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ।

          July 22, 2018 10:51 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...