Wednesday 1st April 2026

बझाङमा बाटोमा हिँड्दा हिँड्दै खस्यो पहिरो, एकै परिवारका तीनसहित चारको मृत्यु

8 years अगाडी

बझाङ । बझाङको खप्तड छान्ना गाउँपालिका–६ बयानामा शनिबार दिउँसो पहिरोमा परी एकै परिवारका तीनसहित चारजनाको घटनास्थलमै मृत्यु भएको छ।मृत्यु हुनेमा खप्तड छान्ना गाउँपालिका–६ बयानाकी ४५ वर्षीया उजलीदेवी थापा, उनकी ३२ वर्षीय बुहारी महेश्वरी थापा र उनका छ वर्षीया छोरा कृष्ण थापा र सोही गाउँका २० वर्षीय मंगल थापा रहेको घटनास्थलमा खटिएका वडा सदस्य प्रेमबहादुर थापाले जानकारी दिए।

महेश्वरी वडा नं ६ की महिला स्वास्थ्य स्वयंमसेविका पनि हुन्। गाउँ नजिकै रहेको शिव मन्दिरमा पहिरो जाँदा चौतारामा बसिरहेका र बाटोमा हिँड्दै गरेका उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।घटनामा परी अन्य दुई जना घाइते भएका छन्। पहिरोमा परी सोही गाउँका पाँच वर्षीय कविराज थापा र रिकेश थापा घाइते भएका छन्। उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

          July 22, 2018 11:03 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...