ठकुरी सहयोग संजाल बाके र कतारद्वारा क्यान्सर पीडित एन्जिला शाहलाई सहयोग रकम हस्तान्तरण
नेपालगन्ज – प्रदेश न.५ को बर्दिया जिल्लामा ठकुरी एकता पहल गर्नका लागि बगनाहा निवासी अशिम बिक्रम शाहको संयोजकमा ७ सदस्यीय संजाल समन्वय समिति गठन गरिएको ठकुरी सहयोग संजाल बाँकेको प्रथम भेटघाट तथा एन्जिला बचाउ अभियानको सहयोग रकम हस्तान्तरण कार्यक्रम ठाकुर बाबा नगरपालिका ३ बगनाह स्थित चुरे क्याम्पस बर्दियामा औपचारिक रुपमा सम्पन्न गरिएको छ ।
उक्त कार्यक्रममा एन्जिला बचाउ सहयोग संकलित रकम ६५,०१५ (पैसट्ठी हजार पन्ध्र रुपैयाँ) को चेक हस्तान्तरणका साथै नगद रु ५,०५१( पाँच हजार एकाउन्न) रुपैया गरि जम्मा सहयोग रु ७०,०६६ (सहत्तरी हजार छैसठ्ठी रुपैया ) एन्जिला शाहका बुवा ओम बिक्रम शाहलाई हस्तान्तरण गरिएको छ ।
एन्जिला बचाउ सहयोग अभियानका सहयोगी तथा परोपकारी मनका धनी ठकुरी सहयोग सन्जाल कतारका सल्लाहकार तथा ठकुरी सहयोग संजाल बाकेका बिदेश बिभाग प्रमुख निर्मल सिह ठकुरीको पहलमा ठकुरी सहयोग सन्जाल कतारबाट नेपाली रु ४०,००० ठकुरी पत्रकार समाज बाके ५,००० दर्शन सेवा समाज बाके उपाध्यक्ष आशा शाह बाट १,००० समाजसेवी युवा अभय बिक्रम शाहबाट १,००० राजश्री शाही १,००० जयाश्री शाह राणाबाट १,००० बिस्णु सिह ठकुरी १,००० ठकुरी सेवा समाज बर्दियाका सस्थापक सुर्य सिँह ठकुरीबाट ५,०५१ का साथै ठकुरि सहयोग संजाल बाँके जिल्ला कार्यसमितिबाट १५,०१५ गरि जम्मा सहयोग रकम ७०,०६६ (सत्तरी हजार छैसठ्ठी) रुपैयाँ संकलन गरि सहयोग प्रदान गरिएको हो ।
उक्त कार्यक्रमको अध्यक्षता ठकुरी सहयोग संजाल बाँकेका अध्यक्ष दिपक बहादुर शाही, प्रमुख अतिथि ठकुरी माहासंघ केन्द्रिय सदस्य धुर्ब शाह,बिशिस्ट अतिथि ठकुरी सेवा समाज बर्दियाका सल्लाहकार मान ब.मल्ल,अतिथि ठकुरी सेवा समाज बर्दियाका उपाध्यक्ष सानी मल्ल,बुद्धिजिबि मनोज शाह, ठकुरी पत्रकार समाज नेपालकी अध्यक्ष करुणा शाह, बाँके ठकुरी सहयोग संजालका बरिष्ठ उपाध्यक्ष बिस्णु सिँह ठकुरी,उपाध्यक्ष देब ब.शाही, महासचिव कृष्ण मल्ल,बर्दिया टाइगर रेडियो सन्चारकर्मी भाबुक योगि,पत्रकार सलमान अलि लगाएत ५२ जनाको उपस्थिति रहेको थियोे।
कार्यक्रमको संचालक भरत बिक्रम सिँह ठकुरीले गरेका थिए भने बर्दिया जिल्लामा ठकुरी एकता पहल गर्नका लागि बगनाहा निवासी अशिम बिक्रम शाहको संयोजकमा ७ सदस्य संजाल समन्वय समिति गठन गरिएको ठकुरी सहयोग संजाल बाँकेका प्रबक्ता युवराज जंग शाहले जानकारी दिए ।
July 22, 2018 12:00 pm | प्रवास,समाचार,समाज