Wednesday 1st April 2026

यातनाका कारण यूकेजीमा अध्ययनरत बालकको मृत्यु

8 years अगाडी

काठमाडौं, ८ साउन । झन्डै डेढ महिनाअघि शिक्षकको कुटपिटबाट गम्भीर घाइते भएका चरिकोटस्थित गौरीशंकर इंग्लिस बोर्डिङ स्कुलमा अध्ययनरत ६ वर्षीय सुदीप बस्नेतको मृत्यु भएको छ ।

यूकेजीमा अध्ययनरत सुदीपको आइतबार उपचारका क्रममा काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो ।दोलखाको झ्याँकु निवासी सो स्कुलका शिक्षक दावा के शेर्पाले गत २९ जेठमा सुदीलाई कक्षा कोठामै गम्भीर घाइते हुने गरी कुटपिट गरेका थिए ।कुटपिटका कारण उनको खुट्टा, हात र ढाडमा गम्भीर चोट लागेको थियो । उनको उपचारकै क्रममा आइतबार मृत्यु भएको हो ।

          July 24, 2018 8:40 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...