रोल्पामा बस दुर्घटनामा चालक गम्भीर, सहचालकले भागेर ज्यान जेगाए
8 years अगाडी
Susma Dhakal
रोल्पा, साउन । ड्राइभरले पार्किङमा रोकेर राखेका बसलाई मालिकले चलाउँदा बस दुर्घटनामा परेको छ । दुर्घटनामा चालक तथा मालिक गम्भीर घाइते बनेका छन् भने सहचालकले गाडीबाट हामफालेर ज्यान जोगाएका छन् ।
सोमबार साँझ करिव ६ बजेतिर गाडी चालकले पार्किङमा छोडेको बसलाई बस मालिक रोल्पा नगरपालिका –४ मेबाङ जुमथानाका इन्द्रबहादुर गिरीले चलाएर घर लाने क्रममा आर्शिवाद प्रालिको ना १ ख ५५३० नम्बरको बस सडकबाट तीन सय मिटर तल खसेर दुर्घटना भएको हो ।
नेपाली सेनाको टोली बस मालिक गिरीको उद्दार गरी उपचारका लागि रेउघा अस्पताल लगिएको छ । बस दुर्घटनाका कारण एक स्थानीयको घरमा समेत क्षति पुगेको छ ।
July 24, 2018 10:20 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
Loading...