सुर्खेतमा खोलामा नुहाउन जाँदा डुबेर एक जनाको मृत्यु
8 years अगाडी
Susma Dhakal
सुर्खेत। वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत झुप्रा निवासी लोकबहादुर शाहीको पानीमा डुबेर मृत्यु भएको छ।सोमबार घर नजिकैको झुप्रा खोलामा नुहाउन गएका ५३ वर्षीय शाहीको खोलाको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक श्याम चौधरीले जानकारी दिए।
घरबाट नुहाउन भनी गएका उनी नफर्केपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। खबर हुने बित्तिकै उनको खोजतलास गर्दा सोमबार बेलुका ६ः३५ बजे मृतावस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक चौधरीले बताए।
उनका अनुसार मृत फेला परेका शाहीको प्रारम्भिक अनुसन्धान पूरा गरी शव परीक्षणका लागि सोमबार राति नै क्षेत्रीय अस्पताल सुर्खेतमा पु–याइएको छ। शव परीक्षण गरी आजै उनका आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ।
July 24, 2018 10:35 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
Loading...