लामो समयदेखि अनसनरत डा गोविन्द केसीको मुद्दालाई लिएर सरकार नेपाली काँग्रेसमाथि खनियो सरकार
काठमाडौँ । लामो समयदेखि अनसनरत डा गोविन्द केसीको मुद्दालाई लिएर सरकार नेपाली काँग्रेसमाथि खनिएको छ। नेकपाका संस्थापक महासचिव पुष्पलालको ४०औँ स्मृति दिवसका अवसरमा नेकपा सचिवालयले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षले डा केसीको पछि लागेर सरकारलाई काम गर्न नदिई काँग्रेसले सरकारलाई अधिनायकवादी भन्नु युक्तिसंगत नभएको बताएका छन्।
प्रधानमन्त्री समेत रहेका ओलीले नेपाली काँग्रेसका परिभाषामा अरु पार्टी सरकारमा हुँदा अधिनायकवाद देख्ने ऐतिहासिक परम्परा नै रहेको जिकिर गरे। ‘पञ्चायतकालमा पनि कम्युनिष्टसँग मिलेर आफ्नो बहुमतको संसद् पुनःस्थापना गरौँ भन्दा राजतन्त्रसँग घाँटी जोडेर कारागार बस्न पनि तयार रहने’ काँग्रेसले अहिले निर्वाचन जितेर आएको कम्युनिष्टको सरकारलाई अधिनायकवादी भन्नु युक्तिसंगत नभएको बताएका हुन्।
त्यस्तै अध्यक्ष प्रचण्डले नेपाली काँग्रेसजस्तो लोकतान्त्रिक पार्टीले अन्य कार्यसूची नपाएर प्रा डा गोविन्द केसीको पुच्छर लाग्नु विडम्बनाको विषय भएको बताए। ‘दुई तिहाइको समर्थन प्राप्त सरकारलाई काम गर्न नदिन विभिन्न बहानाबाजी र कुतर्क गरिएकाले’ अब काँग्रेसको अस्तित्व समाप्तिको दिशामा पुगेको टिप्पणी गरे। “प्रतिक्रान्तिका तागतहरुले क्रान्ति र जनमतका उपलब्धिका लागि उल्ट्याउन नियोजित षडयन्त्रस्वरुपका क्रियाकलाप भइरहेका छन्। के काँग्रेसले डा केसीलाई मारेर लाशको राजनीति गर्न चाहेको हो ? यही बुद्धि र तरिका हो भने काँग्रेस अब इतिहासको विषय बन्न धेरै बेर लाग्दैन। नेकपा एकताको अभियान चलाएर दशगुणा शक्ति लिएर आउँदैछ।” प्रचण्डले भने ।
अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई काँग्रेसले प्रा डा केसी अनशनका नाममा मास्न खोजेको हो की भन्ने आशंका पैदा भएको जनाउँदै भने, “केसीले सबैभन्दा बढी लोकतान्त्रिक भनिएकै उहाँहरुको सरकारको पालामा अनशन गरेका छन्। अनि अहिले संसद्लाई निर्णय गर्न नदिएर केसीले जे भन्छन् त्यही गर्नुपर्छ भनेर काँग्रेस सभापति शेरबहादुर देउवाले किन भनेका हुन् ? कतै यो प्रतिक्रान्तिको तागत बढाउन खोजिएको त होइन ?”
July 24, 2018 10:50 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना