Wednesday 1st April 2026

पहाडी क्षेत्रका सडकमार्ग अवरुद्ध

8 years अगाडी

उदयपुर । निरन्तरको वर्षाका कारण सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुर जिल्लाको साउने खाँबु तथा छामलिङ फोक्सिङटार क्षेत्रका सडकहरुमा पहिरो झरेपछी उक्त सडकखण्ड अवरुद्ध भएको छ।

गाईघाट दिक्तेल सडक कार्यालयका अनुसार साउने खाँबु क्षेत्रको पहिरो हटाउने कार्य भइरहेको र छामलिङ फोक्सिङटार क्षेत्रमा सडक अवरुद्ध हटाउने कार्य भइरहे पनि अझै सवारी सुचारु हुन नसकेको छैन।

पहिरो हटाउने कार्य हुँदै गरे पनि पहिरो झर्ने क्रम नरोकिएकाले सडक अवरुद्ध सडक खुलाउन निकै कठिनाई भइरहेको गाईघाट दिक्तेल सडक कार्याले बोक्सेका प्रमुख इञ्जिनियर हरि पोखरेलले जानकारी दिए।

पटक–पटकको पहिरोको कारण अहिले जिल्लाको सदरमुकाम गाईघाटदेखि पहाडी क्षेत्रको आँपटार, रौता, फोक्सिङटार, बलाम्ता खाँबुसम्म पनि यातायात सुचारु हुन सकेको छैन।

          July 24, 2018 11:54 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...