नागेश्वरमा साउने मेलाको तयारी
7 years अगाडी
Susma Dhakal
काठमाडौँ – कामपा–३२ स्थित नागेश्वर महादेव मन्दिरमा साउने सोमबारका दिन दर्शन गर्न आउने श्रद्धालु भक्तजनको सुविधाका लागि बिहान ५ बजेदेखि नै मन्दिरको चारै ढोका खुला राखिने भएको छ ।
साँझको सन्ध्याकालीन आरती ६ः३० देखि ७ः३० बजेसम्म हुनेछ । वागसिंह रायले विसं १८८१ मा स्थापना गरेको मन्दिरमा गत साल भारतीय तीर्थ यात्रीसहित झण्डै पाँच लाख भक्तजनले दर्शन गरेको नागेश्वर तथा वाणेश्वर महादेव व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले बताउनुभयो ।
नागेश्वर महादेवको दर्शन गर्नाले मुद्दामामिला आदि झञ्झटबाट छुट्कारा पाउनाका साथै सन्तानलाभ र श्रीप्राप्ति हुने विश्वास छ । नागेश्वरमा हरेक बिहान वैदिक विधिपूर्वक रुद्री र साँझ आरती हुने गर्छ । वाणेश्वर महादेव, गोलढुंगानामा पनि सोमबारे मेला लाग्ने बताइएको छ ।
July 24, 2018 12:06 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...