११ कक्षाकी छात्राले कक्षाकोठामै यस्तो हर्कत गरेपछि स्कुलबाटै निकालियो
११ कक्षाकी एक छात्राले कक्षाकोठामा बसिरहेका बेला अचानक विचित्र हर्कत गर्न थालिन् । उनको हर्कतमा शिक्षकको आँखा पर्यो । जब शिक्षके उनको नजिकै गएर हेरे त्यसपछि शिक्षककै होस उड्यो । ती छात्राले कक्षामै यस्तो हर्कत गर्दै थिइन् जुन शिक्षकले हेर्न समेत सकेनन् घटना भारतको जालंधरको एक स्कुलको भएको बताइएको छ । यहाँ गत मंगलबार एक सरकारी स्कुलमा ११ कक्षाकी छात्राले अचानक विचित्र हर्कत गर्न थालिन् । दायाँबायाँ बसेका विद्यार्थीले पनि बुझ्न सकेनन् कि उनले के गरिरहेकी छिन् । उनले अनौठो आवाज निकालिरहेकी थिइन् । आवाज सुनेपछि कक्षाका सबै विद्यार्थीले चकित परेर उनलाई हेरे । यो सब हुँदा कक्षामा शिक्षक थिएनन् । विद्यार्थीलाई उनको क्रियाकलापमा शंका भएपछि उनीहरुले यसको बारेमा प्रिन्सिपललाई भने ।
यसपछि प्रिन्सिपल स्वयं कक्षामा गए । जब प्रिन्सिपल छात्राको नजिक पुगे र उनलाई जुन हालतमा पाए त्यसले उनको होस उड्यो । छात्राको नजिकै गएपछि उनले देखे कि छात्रासँग रक्कीको एउटा बोतल थियो र उनको मुखबाट रक्सीको तेज दुर्गन्ध आइरहेको थियो । प्रिन्सिपलले छात्राको परिवारलाई बोलाएर यसबारे जानकारी दिए । अब ती छात्रालाई स्कुलबाट निकालिएको छ । ती छात्राका पिता पेसाले वेटर भएको बताइएको छ । उनी दिनहुँ कुनै न कुनै पार्टीमा काम गर्न जान्थे । त्यहाँबाट उनले अरु चीजसँगै रक्सी पनि घर लिएर आउँथे । यो रक्सी उनकी छोरीले लुकिछिपी पिउँथिन् । यो कुराको शंका आमाबाबुलाई भइसकेको थियो । तर उनीहरुलाई यो थाहा थिएन कि उनीहरुकी छोरीले रक्सी स्कुल ब्यागमा राखेर स्कुल लान्छिन् । ती छात्रालाई रक्सीको लत लागिसकेको बताइएको छ ।
July 24, 2018 12:41 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना