Monday 22nd December 2025

को हुन् दिपिकाको अंगालोको बेरिएका नेपाली युवा प्रबल गुरुङ ? (फोटो फिचर सहीत )

7 years अगाडी

नेपाली मुलका युवा प्रबल गुरुङ बलिउड अभिनेत्रि दीपिका पादुकोणको अंगालोमा देखा परेका छन् । अमेरिकामा रहेर फेसन डिजाइनरको काम गर्दै आएका प्रबल गुरुङ दीपिकाको अंगालोमा देखा परेका हुन् । उनले दीपिकासँगको सेल्फी समाजिक सञ्जालमा सेयर समेत गरेका छन् । अमेरिकाको न्युयोर्कमा भएको मेट गाला फेसन सोको क्रममा उनले दीपिकासँग सेल्फी सेयर गरेका हुन् । उनै प्रबल गुरुङको डिजाइनमा दीपिका सहित बलिउड र हलीउडका आठ जना अभिनेत्री तथा मोडलहरु रेड कार्पेटमा उत्रिएका थिए । दीपिकासँगै हलीउड र बलीउडका प्रेरणादायी महिलाहरुसँग काम गर्न पाउँदा निकै खुसी लागेको उनले बताएका छन् ।

उनीहरुसँग काम गर्न पाउँदा आफु निकै उत्साहीत भएको उनको भनाइ छ । ‘मैले तयार पारेको पहिरणमा उहाँहरु सुन्दरताका साथ प्रस्तुत हुनुभयो ।’ उनले भने, ‘म धेरै खुसी छु ।’ प्रबल अन्तर्राष्ट्रिय स्तरमै ख्याती कमाएका फेसन डिजाइनर हुन् । तस्बिर:-

          July 24, 2018 12:53 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...