पाँचथरमा भेटियो अचम्मको गाइ ! थाहा पाएपछि मनिसहरु तिन छक्क !
पाँचथरमा एउटा अचम्मको गाई छ । सो गाईले नौ वर्षदेखि लगातार दूध दिइरहेको छ । यस बीचमा गाई ब्याएको पनि छैन र थाकेको पनि छैन । यो गाई हो फिदिम नगरपालिका ११ निवासी नरमाया र तेजप्रसाद न्यौपानेको। २०६६ साल कात्तिकमा गाई ब्याएको थियो । त्यहा यता लगातार दूध दिइरहेछ। तेजप्रसादले नजिकैको फेवादिनका रामप्रसाद न्यौपानेको घरबाट २० हजार रुपैंयाँमा किनेका थिए ।यो अचम्मको गाईले सधैं करिब दुई लिटर दूध दिइरहेको नरमाया बताउँछिन्। गाईले पहिलो र दोस्रो बर्ष ६ लिटर दूध दिएको थियो । तेस्रो बर्षवाट घटेर चार लिटर दिन थाल्यो ।गाई किन्दा तेजप्रसादका छोरा गणेश १२ कक्षामा पढ्थ्यो, उसले बीएड पास गरिसक्यो । त्यसपछि भाषा शिक्षा अध्ययन गरेर कोरिया गएको पनि ३० महिना पुरा भयो, गाई थाकेको छैन निरन्तर दूध दिइरहेछ ।
तेजप्रसाद भन्छन्, ‘पहिले दुःख थियो । छाप्रोमा बस्थ्यौं । गाई लक्षिनको भएकै कारण हो क्यार छोराले डिप्लोमा सम्मको अध्ययन पुरा गरेर कोरिया गएपछि कमाएर पठायो, दरबार जत्रै घर बनाएका छौं । अहिले छोराले पनि कमाइरहेको छ । गाईले निरन्तर दूध दिइरहेको छ।’आफूले किन्नुपूर्व गाई तीन पटक ब्याएको उनी बताउँछन् । गाईले पुनः गोरु नमागेको र दूध पनि दिइरहेको न्यौपाने परिवारको भनाई छ किनेर ल्याउँदा काखमा साथमा वाच्छी थियो । त्यो वाच्छी तीन बर्ष पालेर ६ हजार रुपैंयामा बेच्यौं, यहि गाईको आम्दानीले मालामाल भएका छौं भन्छिन् नरमाया ।अहिले चलन चल्तीको मोल प्रति लिटर ५० रुपैंयाँ छ । गाईले दिएको दूधको मात्रै हिसाब गर्दा ६ लाख ६६ हजार हुँदो रहेछ । गाई लक्षिनको र विशेष भनेर गाउँघरमा मर्दापर्दा र हिन्दू संस्कार अनुसार मासिक श्राद्ध गर्दा यहि गाईको दूधबाट पिण्ड पाक्छ । गौमाताले हाम्रो मात्रै होइन छिमेकी र पितृहरुको पनि उद्धार गरेको उनी भन्छिन् ।
“राम्रो स्याहार गर्ने हो भने दूध अझै धेरै आउँछ, साँझ बिहान मात्रै होइन अन्य समयमा पनि सजिलै दूध दिन्छ । यीे गाई हाम्रो माता हुन्, यसलाई हामी आजीवन स्याहारसुसार गर्छाैं, जति मोल दिएपनि बेच्दैनौं’ नरमाया भन्छिन्। विदेशी नश्लका गाई अहिले किसानको पहिलो रोजाई बनेका छन् तर स्थानीय नश्लको गाईले पनि मनग्ये प्रतिफल दिनसक्छ भन्ने तेजप्रसादको गाईले देखाएको छ । यस्ता स्थानीय गाईका नश्ललाई विकास गर्ने हो भने गौपालन व्यवसाय निकै फस्टाउने अपेक्षा गरिएको छ ।
July 24, 2018 3:48 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी