Wednesday 1st April 2026

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

8 years अगाडी

बैतडी, ९ साउन । गएराति परेको पानीका कारण महाकाली राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्डको डिलाशैनी–६ को बांगाबगर भन्ने ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको स्थानीय सुरेश श्रेष्ठले जानकारी दिए ।

बांगाबगरमा माथिबाट आएको पहिरोका कारण गएरातिदेखि नै सडक अवरुद्ध हुँदा यातायात पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको भए पनि लगातार पानी परिरहेकाले समस्या भएको छ ।अवरुद्ध सडक अपराह्नसम्म सडक पुनःसञ्चालनमा आउने प्रहरीले जनाएको छ । यातायातका साधन पूर्णरुपमा बन्द हुँदा बैतडीबाट बाहिरिने र भित्रिने लामो तथा छोटा दूरीका यातायातका साधन रोकिएका छन् ।

सडक अवरुद्ध हुँदा काठमाडौँ, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, दार्चुला, बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका यात्रु अलपत्र परेका छन् ।विसं २०६० असारमा आएको उक्त पहिरोको व्यवस्थापन तथा सडक मर्मत राम्रोसँग नहुँदा वर्षात्को समयमा प्रत्येक वर्ष उक्त ठाउँमा बेलालबेलामा सडक अवरुद्ध हुने गरेको छ । यसका साथै उक्त पहिरोले त्यो बेला बांगाबगर छ घर पूर्णरुपमा नष्ट गरेको थियो भने १५० रोपनी जमीनलाई बगरमा परिणत गरेको थियो । सोही बेलादेखि प्रत्येक वर्ष आउने पहिरोले हाल पनि बांगाबगरवासीलाई चिन्तित बनाएको छ ।

          July 25, 2018 10:54 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...