पाकिस्तानमा इमरान खानको पार्टी पीटीआईको शुरूवाती अग्रता
एजेन्सी, १० साउन । पाकिस्तानमा आमनिर्वाचनपछि जारी मतगणनामा पूर्व क्रिकेट खेलाडी इमरान खानको पार्टी पीटीआईले शुरूवाती अग्रता लिएको छ । औपचारिक नतिजा सार्वजनिक हुनुअघि नै पीटीआईका समर्थकहरूले खुसियाली मनाउन थालेका छन् ।
पीटीआईको निकटतम प्रतिद्वन्द्वी ठानिएको पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टी पीएमएल एनले चुनावमा अनियमितता भएको आरोप लगाएको छ । त्यस पार्टीका नेता शहबाज शरिफले चुनावको नतिजालाई राजनीतिक र कानूनी दुवै चुनौती दिने चेतावनी दिएका छन्।
सन् २०१३ को चुनाव जिते पनि शरिफको पार्टीले बहुमत ल्याउन सकेको थिएन । पाकिस्तान पिपुल्स पार्टीका नेता बिलावल भुट्टोले भने मतगणनामा अनियमितता भइरहेको दावी गरेका छन् ।
पाकिस्तानमा राष्ट्रिय विधायिका (न्याशनल एसेम्बली) का २७२ स्थानका लागि बुधबार मतदान भएको थियो । त्यसमध्ये ७० स्थान महिला तथा अल्पसंख्यकहरूका लागि आरक्षित छ । चुनावका लागि देशभरि सुरक्षा व्यवस्था कडा पारिएको भनिएका बेला क्वेटा शहरमा एउटा विस्फोट गराइँदा कम्तीमा ३० जनाको मृत्यु भएको थियो ।
July 26, 2018 11:54 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना