काठमाडौँ आइपुग्यो नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी विमान
काठमाडौं। नेपाल वायु सेना निगमले दोस्रो वाईडबडी विमान पनि भित्रयाएको छ। ए ३३०–२०० सिरिजको विमान बिहिबार बिहान करिव सवा नौं बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो। ‘मकालु’ नाम दिइएको सो नयाँ विमानलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र नेपाल वायु सेवा निगमका कर्मचारीहरुले स्वागत गरेका थिए।विमानलाई स्वागत गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले नयाँ विमानसहितका २ वटा वाईडबडी विमानले तत्काल जापान, दक्षिण कोरिया र साउदी अरेवियाको उडान भर्ने योजना सार्वजनिक गरे।
उनले सरकारले ५ वर्ष भित्र १० वटा वाईडबडी विमान भित्रयाएर युरोपीयन मुलुकहरुमा पनि उडान भर्ने लक्ष्य लिएको पनि जनाए। पर्यटकहरुको आगमनलाई सहज बनाउन सरकारले विमान खरिदको कामलाई अघि उच्च प्राथमिकताका साथ अघि बढाएको हो। बिहीबार भित्रयाइएको वाईडबडी नयाँ विमान निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग खरिद गरिएको हो। विमानको खरिद मूल्य २१ अरव ९० करोड रुपैयाँ रहेको पनि निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले जानकारी दिए। यस अघि गत असार १४ गते पनि निगमले पहिलो वाईडबडी विमान भित्रयाएको थियो। दुवै वाइडबडी विमानको सिट क्षमता २ सय ७४ रहेको छ।
July 26, 2018 1:21 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना