लुटिए भन्दै प्रहरीलाई सूचना दिने व्यक्ति नै एक किलो सुनसहित पक्राउ
काठमाडौं, १० साउन । एक किलो सुन हात पार्न आफू लुटिएको नाटक गरेर खबर गर्ने खड्गबहादुर सुनुवारसहित सहयोगी ५ जनालार्इ पक्राउ गरेको छ । नाटकी शैलीमा लुटिएको बताउने उनीहरु गोंगबुबाट पक्राउ परेका हुन् ।
नाटकी शैली यस्तो थियो
राजधानीको गोंगबुस्थित राप्ती पाहुनाघरबाट नेपाल प्रहरीको हटलाइन नम्बर ‘१००’मा बुधबार राती एउटा महत्वपूर्ण सूचना आयो, ‘तीनजना डाँकाहरुले सुनचाँदी व्यवसायीको एक किलो सुन लुटेर भागे ।’ संवेदनशील सूचना पछ्याउँदै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख ‘एसएसपी’ विश्वराज पोखरेल घटनास्थलतर्फ लागे । राप्ती पाहुनाघरबाट सुन लुटिएको सूचना दिने व्यक्ति थिए, दाङका खड्ग प्रसाद सुनुवार । सुनचाँदी व्यवसायी संघ दाङबाट ६० भन्दा बढी सुनचाँदी व्यवसायीको पैसा लिएर सुन किन्न काठमाडौं आएका सुनुवारले बुधवार न्युरोडस्थित सिद्धार्थ बैंकबाट सुन खरिद गरेका थिए ।
बैंकबाट खरिद गरिएको सुन लिएर पाहुनाघरमा पुगेपछि उनले प्रहरीलाई खबर गरेका थिए । ‘अनुसन्धान गर्दै जाँदा प्रहरीलाई गलत सूचना दिएको खुल्न आएको छ,’ काठमाडौं प्रहरी प्रमुख पोखरेलले भने, ‘बिजी मल स्थित एक सुन पसलेलाई खड्गप्रसाद सुनुवारले सुन राख्न दिएको खुल्न आएको छ ।’प्रहरीले बिजी मलमा राखिएको उक्त सुन सहित खड्ग सुनुवार, उनको ज्वाई नाता पर्ने वचन सुनुवार लगायत पाँच जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुलाई ठगी मुद्दा चलाउने तयारी गरिएको बताइएको छ ।
July 26, 2018 1:43 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना