Tuesday 23rd December 2025

लिभरपुलले सानदार कमव्याक गर्दै म्यान सिटीलाई हरायो

7 years अगाडी

काठमाडौँ, १० साउन । बिहिबार बिहान भएको मैत्रीपुर्ण खेलमा म्यानचेस्टर सिटीलाई लिभरपुलले २-१ गोलले पराजित गरेको छ । प्रि सिजन टुरमा रहेका यी क्लबहरुबीचको खेल निकै रोमाञ्चक रह्यो ।खेलको ५७ औ मिनेटमा लिओरो सानेले गोल गर्दै म्यान सिटीलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ६३ औ मिनेटमा मोहमम्द सलाहले बराबरी गोल फर्काए । लिभरपुलका लागि सालाहले सानदार खेल प्रदर्शन गरेका थिए । केही सुनौला मौका पाएको लिभरपुलका लागि साइडो मानेले गोल गर्न सकेनन् ।

तर, खेलको ९२ औ मिनेटमा लिभरपुलले पेनाल्टी पायो । मानेले पेनाल्टीमार्फत गोल गर्दै लिभरपुललाई जित दिलाए । केही दिन अगाडि भएको खेलमा लिभरपुल र म्यानसिटी बोरुसिया डोर्टमण्डसँग पराजित भएका थिए ।

          July 26, 2018 2:20 pm | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...