Tuesday 23rd December 2025

सन् २०२२ को विश्वकपसम्म ब्राजिल टिटेको भरमा

7 years अगाडी

काठमाडौँ, ११ साउन । मिडिया रिपोर्टका अनुसार सन् २०२२ सम्म ब्राजिलको टोली सम्हाल्ने जिम्मा ब्राजिलियन प्रशिक्षक टिटेले नै पाएका छन् ।बुधबार राति ब्राजिल फुटबल कन्फेडरेशनसंग प्रशिक्षक टिटेले सम्झौतामा नवीकरण गरेका छन् ।

रसियामा जारी विश्वकपमा खासै गतिलो खेल प्रदर्शन गर्न नसकेको ब्राजिल क्वाटरफाइनलमा बेल्जियमसँग २१ गोलले पराजित भएको थियो । विश्वकपमा बाहिरिएसँगै उनको जागिर पनि धरापमा परेको अनुमान गरिएको थियो । तर, ब्राजिल फुटबल कन्फेडेरेशनले उनीमाथि विश्वास गरेको छ ।

उनले पाँच पटकको विश्वकप बिजेता ब्राजिलसंग थप ४ बर्षको लागि सम्झौता पत्रमा नवीकरण गरेका हुन् । नयाँ सम्झौतासंगै टिटेले कतारमा आयोजना हुने सन् २०२२ को विश्वकपमा ब्राजिलको टिम हेर्ने छन् ।

          July 27, 2018 8:17 am | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...