धुर्मुस तथा सुन्तलीले अब चलचित्र बनाउने !
हास्यकलाकार तथा सामाजिक अभियन्त सिताराम कट्टेल ‘धुर्मुस र कुञ्जना घिमिरे ‘सुन्तली’ फिल्म निर्माणको तयारीमा लागेका छन् । चलचित्र विकास बोर्डमा केही दिनअघि फिल्म दर्ता गरिएको छ । चलचित्रको स्त्रिmप्ट तयारीका लागि धुर्मुस-सुन्तलीसहित एक टोली पोखरा पुगेको छ । टोलीमा हास्यव्यंग्य कलाकार मनोज गजुरेल, तथा भद्रगोलका कलाकारहरु अर्जुन घिमिरे पाँडे, कुमार कट्टेल ‘जिग्री’, दिपक आचार्य ‘काकु’ लगायत छन् ।
‘हामीले निर्माण गर्ने फिल्म मुलरुपमा हास्यप्रधान नै हुने भए पनि यसको विषयवस्तुका बारेमा हामी अझै छलफलमा छौं,’ धुर्मुसले पोखराबाट भने, ‘दर्शकले हामीबाट धेरै अपेक्षा राख्ने हुनाले विषयवस्तुका बारेमा गम्भीर मन्थन गरिररहेका छौ. ।’ यसअघि नगरकोटमा बसेर एउटा खाका बनाए पनि त्यो चित्त नबुझेपछि उनीहरु पोखरा पुगेका हुन् । फिल्मलाई मनोरञ्जनात्मक मात्रै नभएर सन्देशमुलक पनि बनाउने विषयमा टिममा छलफल भएको छ ।
चलचित्र विकास बोर्डमा ‘एन्टिभाइरस’ नाममा फिल्म दर्ता गरिएको छ । यद्यपि, यो नाम परिवर्तन हुने सम्भावना रहेको धुर्मुसको भनाई छ साथै कलाकारहरुको विषयमा अहिले होमवर्क नभएको उनले बताए । ‘कथावस्तु तयार भइसकेपछि त्यसको डिमान्डअनुसार कलाकार छनोट गर्छौं,’ उनले भने । धुर्मुसले फिल्म र सामाजिक अभियानलाई सँगसँगै अघि बढाउने मनस्थिति बनाएका छन् । उनी यतिबेला देशको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा पनि जुटिरहेका छन् ।
July 27, 2018 9:08 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी