अमेरिकामा आठ गोली लागेकी नेपाली चेली बचाउन अभियान !( तस्बिर सहीत)
गत सोमवार अमेरिकामा अज्ञात लुटेराद्धारा अन्धाधुन्दा गोली हानेर गम्भीर घाईते भएकी नेपाली चेलीलाई बचाउन सामाजिक सञ्जाल मार्फत थुप्रै नेपालीहरुले अभियान छेडेका छन । अमेरिकाको ओक्लोहमास्थित एक स्टोरमा लुटेराले अन्धधुन्ध गोली चलाउँदा नेपाली चेली रचना श्रेष्ठको शरिरमा आठवटा गोली लागेको थियो ।
गत सोमबार स्थानीय समयानुसार मध्यान्न सवा १२ बजे रचनालाई बड्डीज ह्यान्डी मार्ट नामक स्टोरमा एक लुटेराले गोली हानेका हुन् । उनको गाला, पिठ्युँ, पाखुरा, कम्मर, पेट र मुटुको तल्लो भागमा आठवटा गोली लागेको र उनको अवस्था अत्यन्त चिन्ताजनक रहेको उनका श्रीमान् कपिल श्रेष्ठले जानकारी दिएका छन् । आठवटा गोलीमध्ये पाँचवटा गोली निकालिएको कपिलले जानकारी दिएका छन् ।
रचनाको टल्सास्थित सेन्ट फ्रान्सिस अस्पतालमा उपचार भइरहेको उनका श्रीमान् कपिलले जानकारी दिएका छन् । उनको उपचारका लागि कपिलले सहयोगको अपिलसमेत गरेका छन् । अहिलेसम्म उनलाई हजार बढिले सहयोग गरिसकेका छन् । रचनालाई सहयोग गर्न चाहनेले उनको स्टाटसको स्क्रीन सटै तस्वीर हेर्नु होला । रचना आफ्ना श्रीमान् र साढे दुई वर्षको छोरासहित ११ महिना अघि अमेरिका छिरेकी हुन् । उनीहरु ओक्लोहमाको अटोकामा बस्छन् । प्यारो छोराको स्नेहमा आँखा ओछाएकी रचना श्रेष्ठको हृदयविदारक तस्वीर साथमा पारिवारक रमझम र अहिले मृत्यु शैयामा उनै श्रेष्ठ ! तस्बिर :


July 27, 2018 11:00 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना