बलिउड अभिनेता ऋतिक रोशन र सुजैन फेरि विवाह गर्दै !
बलिउड स्टार ऋतिक रोशन र सुजैन खान पुन: विवाह गर्ने चर्चाले यतिबेला बलिउड तताएको छ। नायक ऋतिकले आफ्नी बचपनकी साथी सुजैनसँग सन् २००० डिसेम्बर २० मा विवाह गरेका थिए। वैवाहिक सम्बन्धको १४ वर्षपछि सन् २०१४ मा आपसी समझदारीमा उनीहरुले सम्बन्ध विच्छेद गरेका थिए। उनीहरुका दुई सन्तान ऋधन र ऋहन छन्।
सम्बन्ध विच्छेद पछि पनि यो जोडी प्रायजसो सँगै देखिदै आएका छन्। आफ्नो सन्तानको खुशीका लागि विभिन्न समारोहमा सँगै देखिदै आएका उनीहरुले सम्बन्ध विच्छेद गरेको चार पछि वर्ष पछि पुनर्मिलन हुने कुराले अहिले संचारमाध्यममा स्थान पाएको छ।
ऋतिक र सुजैनको मिलको समाचारले उनीहरुका फ्यानमा खुसीको संचार छाएको छ । सामाजिक संजालहरुमा कतिपयले उनीहरुको मिलनको कामनासमेत गरिरहेका छन्। केही समय अघि नायक ऋतिक रोसन र नायिका कंगनाको सम्बन्धका बारेमा विवाद आएपनि सुजैनले आफ्ना पूर्व प्रेमीलाई पूर्ण समर्थन गरेकी थिइन्। दुवैजनाको एकअर्काको परिवारसँग राम्रो सम्बन्ध रहेको बताइएको छ। अहिले ऋतिक र सुजैन ‘सुपर ३०’ फिल्म निर्माणका लागि जुटेका छन्। उक्त फिल्मको रिलिज आउँदो जनवरीमा हुने बताइएको छ।
July 27, 2018 12:52 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी