ब्वाईफ्रेण्डसँग प्रियंकाले चोपडाले गरिन् एंगेजमेन्ट, अक्टोबरमा गर्दैछिन् विवाह
एजेन्सी, साउन । बलिउडकी अभिनेत्री प्रियंका चोपडाले सलमान खानको ठूलो बजेटको फिल्म ‘भारत’ लाई छोडेर आफ्नो फ्यानहरुलाई एउटा सप्राइज दिएकी छिन् । खबरहरुको अनुसार उनले आफ्नो ब्वाइफ्रेण्ड निक जोनससँग एंगेजमेन्ट गरेकी छिन् ।
पिपल्स वेभसाइटको स्रोत अनुसार निक जोनसले न्यूयोर्क शहरको टिफानी स्टोरबाट प्रियंकाका लागि औठी किनेका थिए । प्रियंका निकसँग दुई महिना अघिदेखि प्रेम सम्बन्धमा थिइन् । खबरहरुको अनुसार प्रियंका निकसँग आगामी अक्टोबरमा विवाह बन्धनमा बाधिँदै छिन् । केही दिन अघि प्रियंका आफैले निकलाई आफ्नो आमासँग भेट गराउन भारत ल्याएकी थिइन् ।
प्रियंका दुईवर्षपछि बलिउडमा फिल्म भारतबाट कमब्याक गर्दै थिइन् तर विवाहको लागि उनले त्यस फिल्मलाई छोडिदिइन् । यो जानकारी फिल्मका निर्देशक अली अब्बास जफर आफैले दिएका हुन् । निक प्रियंकाभन्दा ११ वर्ष कान्छो हुन् । उनी अमेरिकी गायकार, गीतकार, कलाकार हुन् ।
July 28, 2018 9:53 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले