ब्वाईफ्रेण्डसँग प्रियंकाले चोपडाले गरिन् एंगेजमेन्ट, अक्टोबरमा गर्दैछिन् विवाह
एजेन्सी, साउन । बलिउडकी अभिनेत्री प्रियंका चोपडाले सलमान खानको ठूलो बजेटको फिल्म ‘भारत’ लाई छोडेर आफ्नो फ्यानहरुलाई एउटा सप्राइज दिएकी छिन् । खबरहरुको अनुसार उनले आफ्नो ब्वाइफ्रेण्ड निक जोनससँग एंगेजमेन्ट गरेकी छिन् ।
पिपल्स वेभसाइटको स्रोत अनुसार निक जोनसले न्यूयोर्क शहरको टिफानी स्टोरबाट प्रियंकाका लागि औठी किनेका थिए । प्रियंका निकसँग दुई महिना अघिदेखि प्रेम सम्बन्धमा थिइन् । खबरहरुको अनुसार प्रियंका निकसँग आगामी अक्टोबरमा विवाह बन्धनमा बाधिँदै छिन् । केही दिन अघि प्रियंका आफैले निकलाई आफ्नो आमासँग भेट गराउन भारत ल्याएकी थिइन् ।
प्रियंका दुईवर्षपछि बलिउडमा फिल्म भारतबाट कमब्याक गर्दै थिइन् तर विवाहको लागि उनले त्यस फिल्मलाई छोडिदिइन् । यो जानकारी फिल्मका निर्देशक अली अब्बास जफर आफैले दिएका हुन् । निक प्रियंकाभन्दा ११ वर्ष कान्छो हुन् । उनी अमेरिकी गायकार, गीतकार, कलाकार हुन् ।
July 28, 2018 9:53 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :