कोइरालालाई अोलीको पानी जहाज र रेल चढ्ने रहर
रुपन्देही, १२ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको पानी जहाज र रेल चढ्ने रहर अाफूलाई पनि भएको बताएका छन् । रिर्पोटर्स क्लब रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले हावादारी कुरा गरेर जनतामा भ्रम नछर्न सुझाव दिदैं यस्तो बताएका हुन् ।
उनले प्रधानमन्त्री अोलीमा विरोधलाई सुन्न र विरोधीलाई सामना गर्ने क्षमता नै नरहेको अारोप लगाएका छन् । साथै उनले अोलीलाई भ्रमको खेती नगर्न समेत अाग्रह गरे । उनले मुर्दा शान्ति र विकास लोकतन्त्रमा असम्भव रहेको बताउदैं लोकतन्त्रले विरोधलाई निषेध गर्न नसक्ने बताए ।अर्को एक फरक प्रसंङमा डा. कोइरालाले कांग्रेस कमजोर हुनुमा नेतृत्व मुख्य जिम्मेवार रहेको भन्दै सभापतिदेखि महामन्त्रीसम्मले कांग्रेस कमजोर हुनुको जिम्मेवारी लिनु पर्ने बताए।
July 28, 2018 11:29 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना